लमजुङ कारागारमा कैदीबन्दीहरूले सञ्चालन गरेको ‘खेलकुद उत्सव’मा आयोजना गरिएका खेलमध्ये ३ विधाका खेल सम्पन्न भएका छन्।
खेल उत्सवमा समेटिएका विधामध्ये बुद्धिचाल, युगल क्यारेम्बोर्ड र फुटबल खेल प्रतियोगिता संचालन भएको कारागार शाखाका सूचना अधिकारी रमेश विकले बताए। उनका अनुसार बुद्धिचालमा १० जनाले सहभागिता जनाए।
युगल क्यारेम्बोर्ड प्रतियोगितामा १६ जना सहभागी छन्। त्यसमध्ये, शंकर भण्डारी र मनोज गुरुङ, बुद्धिबहादुर गुरुङ र नरेश विकको टोली सेमी फाइनलमा पुगे।
सो खेल वेष्ट अफ थ्रीका आधारमा खेलाइएको कारागार शाखाका सूचना अधिकारी विकले बताए।
फुटबल खेलमा रोशन खत्री नेतृत्वको टिमले नवीन गुरुङको टिमकलाई १–० गोलले गरी विजयी बनेको छ।
निर्धारित समयमा कुनैपनि गोल हुन नसकेपछि ट्राइबे्रकरबाट छिनोफानो गरिएको थियो।
फुटबलकै अर्को खेल शंकर भण्डारीको टिम र विमलराज अधिकारीको टिमबीचको खेलपनि टाइब्रेकरमा पुगेको थियो। टाइब्रेकरमा भण्डारीको टिम ५–३ ले विजयी बनेको प्रतियोगिता संयोजक जितबहादुर भण्डारीले जनाए।
प्रतियोगिताको सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले आइतबार उद्घाटन गरेका हुन्। समापन वुधवार हुनेछ।
Related News
सम्बन्धित समाचार
सफल पोखरा म्याराथन सफल पार्न आग्रह
वालिङ र नेपाल पुलिस क्लब बराबरीमा
पोखरामा प्रथम टाइगर कप भलिबल प्रतियोगिता हुने
राष्ट्रिय महिला फुटबल : सावित्राको चार गोलको मद्दतमा एपिएफ विजयी
सन्दीपको दुई विकेटको मद्दतमा होबार्ट विजयी
hero news full width
मुख्य समाचार
गण्डकीमा १४ खोप केन्द्र, आजबाट सबै जिल्लामा लगाइने
बाढीले प्रदेशमा ३ अर्बको क्षति
माघ १४, २०७७कास्कीमा सुरू भयाे चुनावकाे तयारी
माघ १४, २०७७संसद विघटनविरुद्ध कांग्रेस झनै सशक्त
माघ १३, २०७७नेकपाका अध्यक्षद्वयलाई निर्वाचन आयोगले भन्याे : एकता महाधिवेशनअघि कसैले कसैलाई हटाउन सक्दैन
माघ १३, २०७७काेराेनाविरुद्धकाे खाेपका लागि देशभर ६२ अस्पतालमा १ सय २० खोप केन्द्र
माघ १३, २०७७