चालक धनबहादुर आचार्यको परिवारलाई लमजुङ र मनाङ क्षेत्रमा कार्यरत यातायात मजदुरले साढे तीन लाख राहत रकम संकलन गरी हस्तान्तरण गरेका छन्।
बेसीशहर–चामे सडक खण्डमा जीप चलाउँदै आएका धनबहादुर आचार्यको सवारी दुर्घटना परी मृत्यु भएको थियो।
मृतक परिवारलाई यातायात मजदुरले संकलन गरेको राहत रकम तीन लाख ४६ हजार पाँच सय २० रुपैयाँ मृतक आचार्यका श्रीमती मधुमाया आचार्यलाई बेसीशहरमा एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरेका हुन्।
बेसीशहरदेखि मनाङ चल्ने यातायात मजदुरले एक लाख ६८ हजार, उनले चलाउने जीपका धनी नेत्रबहादुर गुरुङले एक लाख १० हजार रुपैयाँ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठन बेसीशहर नगर समितिले संकलन गरेको ६८ हजार पाँच सय २० रुपैयाँ गरी एकमुष्ट उक्त रकम प्रदान गरिएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठन बेसीशहर नगर समितिका अध्यक्ष मोहन भण्डारीले बताए।
आचार्यको जीप दुर्घटनामा परी असामयिक निधन भएको घटनाप्रति यातायात मजदुरलाई ठूलो चोट परेको छ। यसैले सहयोगी साथीको सम्झनामा सबै यातायात मजदुरले चन्दा र सहयोग संकलन गरी पीडित परिवारलाई हस्तान्तरण गरिएको भण्डारीले जानकारी दिए।
चालक धनबहादुर आचार्यको गत साउन ८ गते राति लमजुङको मस्र्याङ्दी गाउँपालिका–४ च्याम्चेबाट बेसीशहरतर्फ आउने क्रममा राजी जीप दुर्घटना भई मृत्यु भएको थियो।
मृतक आचार्यका श्रीमती मधुमाया आचार्यका साथमा अहिले २ वर्ष र ७ वर्षका दुई छोरा छन्।
राहत रकम बुझ्दै श्रीमती मधुमाया आचार्यले सहयोगी सबैलाई धन्यवाद दिदै प्राप्त रकम छोराहरूको पढाइमा खर्च गर्ने बताइन्।
Related News
सम्बन्धित समाचार
नेपाल बार एसाेसिएसनको १५ औं सम्मेलन पोखरामा
तलबभत्तासहित वर्षदिनमा साढे १२ लाख रुपैयाँ सामाजिक सेवामा खर्चे सांसद विन्दु थापाले
बाढीले प्रदेशमा ३ अर्बको क्षति
पाेखराका हार्डवयर व्यवसायीद्वारा मुसहरवस्तीमा न्यानो कपडा वितरण
तनहुँमा पत्रकार महासंघका ६ पूर्वाध्यक्ष पुरस्कृत
hero news full width
मुख्य समाचार
विश्वभरी कोरोना सङ्क्रमितको संख्या दश करोड नाघ्यो
पाेखराका ४ अस्पतालसहित गण्डकीका ११ वटै जिल्लामा सुरु भयाे काेराेनाविरुद्ध खाेप अभियान
माघ १४, २०७७बाढी पहिरोमा क्षति पुगेका ५९० घर पुनःनिर्माण गरिने
माघ १४, २०७७गण्डकीमा १४ खोप केन्द्र, आजबाट सबै जिल्लामा लगाइने
माघ १४, २०७७कास्कीमा सुरू भयाे चुनावकाे तयारी
माघ १४, २०७७संसद विघटनविरुद्ध कांग्रेस झनै सशक्त
माघ १३, २०७७