लायन्स क्लब अफ पोखरा लामाचौरले स्थापनाको एक वर्षमै सचिवालय स्थापना गर्न सफल भएको छ। सचिवालयको उद्घाटन गर्दै लायन्स पीडीजी ध्रुव थापाले लायन्स क्लबहरुमा उत्कृष्ट व्यवस्थापनका रुपमा लामाचौरले उदाहरण प्रस्तुत गरेको बताए। उनले आफ्नो २० वर्षिय लायन्स अनुभवमा एक वर्षमा व्यवस्थित सचिवालय स्थापना गर्न लायन्स पोखरा लामौचार सफल भएकोमा बधाई ज्ञापन गरे। उनले भने, ‘क्लबको काम गर्व गर्नलायक छ। ’
डिष्ट्रिक्ट एडभाईजर क्लब गाइडिङ तीर्थलाल श्रेष्ठले ४२ वटा क्लबमा उत्कृष्ट भएको बताए। उनले अनलाइनमा क्लबहरुले गरेका गतिविधिबारे गरिएको निरीक्षण आधारमा लामाचौर उत्कृष्ट क्लब बन्न सफल भएको बताए।
डिष्ट्रिक्ट डिपार्टमेन्ट चिफ मिलन थापाले आफ्नो १५ वर्षीय लायन्स अनुभवमा कार्यालय स्थापना गर्न नसके पनि लामाचौरले आफ्नै सचिवालय स्थापना गरेको भन्दै खुसी व्यक्त गरिन्।
क्लब अध्यक्ष सञ्जय लामाले आगामी दिनमा सामाजिक कार्यमा सधैँ क्रियाशील रहने बताए। कार्यक्रममा अध्यक्ष सञ्जय लामालाई प्रमुख अतिथि थापाले टाइटलपीन हस्तान्तरण गरेका थिए। यसैबीच, क्लबले शारीरिकरुपमा अपाङ्गता पोखरा पुरानोधाराका ३५ वर्षीय संसाराम सार्की, मझेरीपाटन ७१ वर्षीय भीमबहादुर गुरुङ र स्याङ्जा चापाकोट ७ का ३३ वर्षीय नारायणप्रसाद ढकाललाई ह्वीचियर प्रदान गरिएको लायन्स क्लब अफ पोखरा लामाचौरका संस्थापक अध्यक्ष सञ्जय लामाले जानकारी दिए।
कार्यक्रममा सचिवालय उद्घाटनमा सहयोग पुर्याउने द्वितीय उपाध्यक्ष प्रेम विक, तृतीय उपाध्यक्ष सृजना रिजाल कार्की र टेमर लक्ष्मी तामाङलाई सम्मान गरिएको थियो।
लायन्स पोखरा लामाचौरका अध्यक्ष सञ्जय लामाको अध्यक्षतामा भएको थियो भने स्वागत मन्तब्य प्रथम उपाध्यक्ष ज्ञानु पाख्रिन र सञ्चालन सचिव तिलुमाया खवासले गरेकी थिइन्।
Related News
सम्बन्धित समाचार
हिल हिमालयजद्वारा ४३ हजार किलो फोहोर व्यवस्थापन
लेखनाथ जेसिज र जुनियर जेसिजको पदस्थापन
फेवातालकाे सीमांकन : ४० वर्ष अघिकै आकारमा फर्काउने प्रयास
सामुदायिक प्रहरी जिल्ला समन्वय कास्कीमा बाेधराज कार्की
बैदाम प्रहरीमा महिला इञ्चार्ज
hero news full width
मुख्य समाचार
गण्डकीमा १४ खोप केन्द्र, आजबाट सबै जिल्लामा लगाइने
बाढीले प्रदेशमा ३ अर्बको क्षति
माघ १४, २०७७कास्कीमा सुरू भयाे चुनावकाे तयारी
माघ १४, २०७७संसद विघटनविरुद्ध कांग्रेस झनै सशक्त
माघ १३, २०७७नेकपाका अध्यक्षद्वयलाई निर्वाचन आयोगले भन्याे : एकता महाधिवेशनअघि कसैले कसैलाई हटाउन सक्दैन
माघ १३, २०७७काेराेनाविरुद्धकाे खाेपका लागि देशभर ६२ अस्पतालमा १ सय २० खोप केन्द्र
माघ १३, २०७७