वालक यलक्सलाई सहयोग याचना

आदर्श समाज सम्वाददाता
श्रावण २१, २०७६
yamkali

पोखरा,२१ साउन । पाँच महिनाको वालक यलक्स नेपालीलाई टाउकोमा पानी जम्ने हाइड्रोसेफालिस भन्ने रोग लागे पछि परिवारजनले छोराको उपचार गर्न आर्थिक सहयोगको अपिल गरेका छन्

धिताल गाउपालिका – ६ कास्की स्थायी घर भई हाल पोखराको मणिपाल टिचिङ हस्पिटलमा उपचार गराइरहनु भएका वालकको आमा यमकली नेपालीले वालकको उपचारको क्रममा आफूले कमाएको पैसा खर्च भइसकेको भन्दै छोरालाई वचाउनको लागि सहयोगको याचना गरेकी छन् ।

उपचारमा संलग्न चिकित्सकहरुका अनुसार वच्चाको छिटो भन्दा छिटो उपचार गर्नुपर्ने भएको र उपचारका लागि धेरै नै खर्च लाग्ने आमा यमकली परियारले बताइन् ।
वालकको उपचारको लागि अहिले सम्म ४ लाख रुपैयाँ खर्च भइसकेको पनि उनले बताइन् । ३ महिना अगाडि सामान्य सन्चो नभएर काठमाण्डौंको वीर हस्पिटलमा उपचार गर्ने क्रममा वालकलाई टाउकोमा पानी जम्ने हाइड्रोसेफालिस रोग लागेको खुल्न आएको थियो ।

ज्याला मजदुरी गरी परिवार पाल्दै आएका वालकका बुवा सूर्य नेपालीले छोराको उपचारमा भौतारिरहँदा मजदुरी गर्न समेत नपाएकाले परिवारको विचल्ली आएको छ ।
घरको आर्थिक अवस्था अत्यन्त नाजुक भएको र अप्ररेशन खर्च धेरै महंगो हुने भएकोले वालकको बुवा आमाले सहयोगको लागि याचना गरेका छन् । वालकको उपचारको लागि सहयोग गर्न चाहने संघसंस्था वा व्यक्तिले मोवाइल नं ९८२७१२०४६६मा सम्पर्क गरी सहयोग गर्न सकिने बतायएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width