कालिगण्डकी–तिनाउ डाइभर्सन भएरै छाड्छ–महासचिव पौडेल

आदर्श समाज सम्वाददाता
श्रावण २१, २०७६
bishnu paudel a

बुटवल २१ साउन । नेकपा महासचिव विष्णु पौडेलले कालिगण्डकी–तिनाउ डाइभर्सन निर्माणका लागि गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई मनाउने जिम्मा आफूलेलिने बताएका छन् । उनले सरकारले जिम्मा दिए त्यसको डिल आफैले गर्ने जिकर गरे ।

कालिगण्डकी –तिनाउ डाइभर्सनको विरोध गर्दै आएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र पाल्पा तथा स्याङजाका स्थानीयबासीलाई मनाउने जिम्मा आफूले लिने पौडेलले दावी गरे ।

बुटवलमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै पौडेलले भने, ‘गण्डकी प्रदेशका मुख्यमन्त्री र तल्लो तटीय क्षेत्रका बासिन्दाले डाइभर्सन हुन दिन्नौंं भनेको मैले पनि सुनेको छु । तर उहाँहरुलाई कसरी कन्भिन्स गर्ने भन्ने जिम्मा मेरो भयो ।’ उनले थपे, ‘उहाँहरुको चिन्ता तल्लो तटीय क्षेत्रहरुमा पानीको मात्रा नघटोस् भन्ने हो, त्यसको विकल्पमा हामी दिन्छौं र डाइभर्सन गराएरै छाड्छौं ।’यो वर्षको अन्त्यसम्म कालिगण्डकी– तिनाउ डाइभर्सनको डीपीआर तयार हुने भन्दै महासचिव पौडेलले ३० किलोमिटर सुरुङ खन्नुपर्ने भएकाले निर्माण हुन भने समय लाग्ने बताए ।

आफ्नो चुनावी मुद्दा समेत भएकोले पौडेलले रुपन्देही आउँदा कालिगण्डकी–तिनाउ डाइभर्सनका बारेमा धरणा राख्दै आएका छन् । उनले पैसा र समय केहीवढी लाग्ने भएपनि यसको विकल्प अर्को नभएको दावी गरे । उनले सरकारले डिपिआर तयार भएपछि त्यसका वारेमा योजनावद्व ढंगले काम अघि बढाउने विश्वास व्यक्त गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width