किाठमाण्डौ, २१ साउन । पारिवारिक फिल्म बनाउन सिपालु मानिने निर्देशक नवल नेपाल निर्देशित छैटौं फिल्म ‘मारुनी’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । त्रिकोणात्मक प्रेमकथा वाचन गर्ने फिल्मको ट्रेलर कलरफुल छ । अभिनेत्री साम्राज्ञी आरएल शाहले अभिनेता पुष्प खड्कालाई पागल जसरी एकोहोरो प्रेम गरिरहेकी छिन् । तर, पुष्प अर्की अभिनेत्री रेविका गुरुङको प्रेममा छन् ।
निर्देशक नेपालले ट्रेलरमार्फत फिल्मको मूल द्वन्द्वलाई प्रस्ट्याउन खोजेका छन् । पारिवारिक फिल्म रुचाउने दर्शकलाई ‘मारुनी’ ले हलसम्म डोर्याउन सक्ने ल्याकत ट्रेलरमा देखिन्छ । फिल्ममा साम्राज्ञी र पुष्प पावरफुल भूमिकामा रहेको ट्रेलर हेरेपछि अनुमान लगाउन सकिन्छ । अर्की अभिनेत्री रेविकालाई ट्रेलरमा राम्रो स्क्रिन स्पेश मिले पनि संवाद राखिएको छैन ।
भाद्र १३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मलाई पुनम गौतमले निर्माण गरेकी हुन् । यसअघि उनले फिल्म ‘अझै पनि’ निर्माण गरेकी थिइन् । तर, यो फिल्म चलेन । ‘मारुनी’ ले आफूलाई बचाउनेमा उनी विश्वस्त छिन् । उनी यो फिल्म सफल भए सिक्वेल, असफल भए फिल्म निर्माण नै नगर्ने मनस्थितिमा छिन् । फिल्म हिट भए सिक्वेलमा उनले आफ्नै छोरीलाई डेब्यू गराउँदैछिन् ।
ट्रेलर रिलिज कार्यक्रममा अभिनेत्री साम्राज्ञीले फिल्म गर्नु अगाडि आफू धेरै डराएको बताइन् । उनी भन्छिन् ‘स्क्रिप्ट सुनेपछि फिल्म छाड्नु हुँदैन भन्ने लागेको थियो । तर, त्यो क्यारेक्टरलाई न्याय गर्न सक्छु भन्नेमा म कन्फिडेन्ट थिइनँ । सबैले हौसला दिएपछि फिल्म गरेँ ।’ फिल्ममा आफूले निकै चुनौतीपूर्ण भूमिका निर्वाहा गरेको उनी बताउँछिन् । अभिनेता पुष्पले ‘मारुनी’ माथि आफ्नो ठूलो आशा र भरोसा रहेको बताए ।
फिल्ममा सह(निर्मातामा राजा प्रधान, दर्शन केसी र मिना क्षेत्री छन् । गोविन्द फुँँयाल र निर्देशक नेपालले फिल्मको कथा लेखेका हुन् । फिल्मलाई संजय लामाले खिचेका हुन् । फिल्ममा शुशील क्षेत्री, अर्जुन श्रेष्ठ, विनोद भट्टराई, शंखर सेढाइलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । मित्र डि।गुरुङ फिल्मका सम्पादक हुन् । अभिनेत्री रेविका आफूलाई पहिलो पटक स्क्रिनमा देख्न पाउँदा भावुक भएकी थिइन् ।
Related News
सम्बन्धित समाचार
घरपरिवारबाटै अपहेलित छन् बहिरा
चालक र सहचालकलाई प्रशिक्षण
नेपाल बार एसाेसिएसनको १५ औं सम्मेलन पोखरामा
घान्द्रुकमा ‘शिरसुबा’ प्रदर्शन
कृषिमा विदेशी लगानी भित्र्याउने निर्णय फिर्ता लिन आग्रह
hero news full width
मुख्य समाचार
स्वस्थानी व्रत आजदेखि
विश्वभरी कोरोना सङ्क्रमितको संख्या दश करोड नाघ्यो
माघ १४, २०७७तलबभत्तासहित वर्षदिनमा साढे १२ लाख रुपैयाँ सामाजिक सेवामा खर्चे सांसद विन्दु थापाले
माघ १४, २०७७पाेखराका ४ अस्पतालसहित गण्डकीका ११ वटै जिल्लामा सुरु भयाे काेराेनाविरुद्ध खाेप अभियान
माघ १४, २०७७बाढी पहिरोमा क्षति पुगेका ५९० घर पुनःनिर्माण गरिने
माघ १४, २०७७गण्डकीमा १४ खोप केन्द्र, आजबाट सबै जिल्लामा लगाइने
माघ १४, २०७७