म’ बन्ने, प्रमुख भूमिकामा रेविकादेखि कुशुमसम्म

Avatar एजेन्सी
श्रावण २१, २०७६

काठमाण्डौ, २१ साउन । लामो समयदेखि फिल्म सम्बन्धी अध्ययन गराउँदै आएको कान्तिपुर फिल्म एकेडेमीले फिल्म निर्माण गर्ने भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमका बीच एकेडेमी निर्माण रहने फिल्म ‘म’ को औपचारीक निर्माण घोषणा गरिएको छ । फिल्मलाई परीक्षेद सेनले निर्देशन गर्नेछन् । उनले पहिलो पटक फिचर फिल्म निर्देशनमा हात हाल्न लागेका हुन् ।

कान्तिपुर फिल्म एकेडेमीका सिइओ प्रकाश पुरीले तयार पारेका कथामा आधारित भएर बन्ने फिल्मको छायांकन भदौ पहिलो साताबाट सुरु हुने बताइएको छ । उनभ श्रेष्ठ र सम्पन्न ढकाल बाल कलाकार रहने फिल्ममा विजय लामा, सरिता लामिछाने, रेवती क्षत्री, कुशुम गुरुङ, रेवीका गरुङ, अनिल कँडेल, संजोग रसाइली लगायतका कलाकारहरुको अभिनय रहनेछ ।

सहायक भूमिकामा पवन भट्टराई, श्याम सुन्दर घिताल, उत्तम राई, गौरव मल्लको अभिनय रहने कार्यक्रममा जानकारी गराइयो । यो फिल्ममा अभिनय गर्ने प्रायः कलाकारहरु कान्तिपुर फिल्म एकेडेमीमा अध्ययन गरेका विद्यार्थी हुन् । तेन्जिन पाल्देनले फिल्म खिच्ने जिम्मेवारी पाएका छन् । उनी पनि उक्त एकेडेमीका पूर्व विद्यार्थी हुन् ।

‘म’ मा जितेन लेप्चाको गीत रचना रहनेछ । फिल्ममा कवितामाथि पनि संगीत भरिने बताइएको छ । सम्भवतः नेपाली फिल्ममा यो पहिलो पटक फरक प्रयोग गरिन लागिएको हो । बरिष्ठ सञ्चारकर्मी तथा निर्देशक भुषण दाहालले कवितामा आफ्नो आवाज भर्नेछन् भने संगीत किरण भुषालले दिनेछन् । फिल्मको मुख्य सहायक निर्देशकमा आकाश उखेडा रहेका छन् ।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

नेपाल आइडलको अडिसनको तयारी

प्रेम संसारको ‘सुनैना सुनैना’

‘रातो टीका निधारमा’ शीर्षगीत सार्वजनिक

घलेलमा प्रकटका गजल

तल्लो गगनगौडा आमा समूह विजयी

प्रमुख समाचार

विधिको शासन नचल्दा राष्ट्र नै समाप्त हुन्छ- प्रदेश प्रमुख

थप प्रमुख समाचार

संविधान दिवसमा प्रदेश प्रमुखको शुभकामना

भलिवलमा कर्मचारीको समूह विजयी

गण्डकी प्रदेश पर्यटन प्रवद्र्धन अभियान

डेंगु नियन्त्रण गर्न माग