जीएमसीमा उपचारमा नयाँ प्रविधि

आदर्श समाज सम्वाददाता
श्रावण २१, २०७६
gmc_Fotor

पोखराको नयाँबजारस्थित गण्डकी मेडिकल कलेज (जिएमसी) मा नाक, कान, घाँटी रोग उपचारमा नयाँ प्रविधि ‘कोब्लेसन टेक्निक्स्’ भित्रिएको छ। सो प्रविधि प्रयोग गरी अस्पतालमा सोमवार एक बिरामीको अप्रेसन सहित ‘लाइभ वर्कशप’ समेत सम्पन्न भयो।

पोखरामै पहिलो पटक भित्रिएको सो प्रविधि प्रयोगबाट उपचारमा निकै सहजता मिल्ने कलेजका प्रिन्सिपल डा रवीन्द्रप्रसाद श्रेष्ठले बताए। यसखालको प्रविधि यसअघि भारतको गंगाराम हस्पिटलको समन्वयमा काठमाडौंस्थित मेडिसिटी अस्पतालमा भित्रिएको थियो।

दूरबिनको सहयोगमा उपचार पद्दति अपनाइने सो प्रविधिमार्फत अप्रेसनमा रगत कम बग्ने, पोस्ट अपरेसनपछि पनि बिरामीलाई दुखाइ कम हुने, अस्पताल बसाइँ घट्ने, अप्रेसनपछि खाना खान चाँडै नै सहज हुने, इन्फेक्सन कम हुने लगायत सुविधा रहेको जिएमसीका नाक, कान, घाँटी डिपोर्ट प्रमुख वरिष्ठ रोग विशेषज्ञ डा वृहस्पति सिग्देलले जानकारी दिए।

सो डिपार्टमा डा सिग्देलसहित वरिष्ठ रोग विशेषज्ञ डा राजेन्द्र नेपाली, डा नीरज केसी र डा टुलिका दुवे गरी चार जना छन्।

लामो समयदेखि नाक, कान, घाँटी रोगको उपचारमा संलग्न डा राजेन्द्र नेपालीका अनुसार यस प्रकारको टेक्निक्स्को प्रयोगबाट आफूहरुलाई पनि उपचारमा सहजता मिल्ने विश्वास व्यक्त गरे। उनका अनुसार अस्पतालमा आगामी दिनमा कोक्लिएर इम्प्लान्ट अर्थात जन्मजात नसुक्नेहरुको लागि पनि श्रवण क्षमता फर्काउने गरी उपचार गर्ने प्रविधि भित्राउने योजना छ।

सोमवार लाइभ वर्कशपमा गंगाराम हस्पिटलका डा सुलभ शर्माको नेतृत्वको चिकित्सकको टोलीले टन्सिलको जटिल समस्या भएको एक बिरामीको सफल अप्रेसन गरेको हो।

सो क्रममा डा वृहस्पति सिग्देल लगायतले कार्यशालामा उपस्थित यस क्षेत्रका नाक, कान, घाँटी रोगसँग सम्बन्धित चिकित्सकलाई सो प्रविधिको प्रयोग गरी भएको अप्रेसन प्रक्रियाबारे जानकारी दिएका थिए।

यसैबीच, अस्पतालमा खरिद प्रमुख कृष्ण पौडेलले ५ सय ५० शैया रहेको जिएमसीमा चाँडै नै १६० स्लाइसको सीटी क्यान मेसिन संचालनमा आउने जानकारी दिए। जापानी प्रविधिको सो मेसिनको औपचारिक संचालन बाँकी छ।

कलेजमा हाल दैनिक ५ सय ६ सय जना बिरामी ओपीडीमा भर्ना हुने गरेको बताइएको छ।

Related News

सम्बन्धित समाचार

  • न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । पोखरा न्युरोडमा बेरी लाउन्ज एन्ड बार सञ्चालनमा आएको छ । लाउन्ज एन्ड बार नयाँ वर्षको अवसर पारेर सञ्चालनमा…
  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…

hero news full width