करपुरेश्वर पार्क निर्माणको सुनुवाइ

आदर्श समाज सम्वाददाता
श्रावण २१, २०७६
park photo lamgung_Fotor

बेसीशहर नगरपालिका–८ को मलामे चौरमा निर्माण गरिएको करपुरेश्वर पार्क निर्माणमा आब २०७५/७६ मा सम्पन योजनाको सार्वजानिक गरिएको छ।

सो अवसरमा पार्क निर्माणका समयमा भएका खर्च, पार्क निर्माणका गतिविधि र बाँकी कामका बारेमा जानकारी दिइएको थियो।

बेसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले बेसीशहर नगरपालिका–८ मा निर्माण गरिएको यस पार्क मनोरञ्जन र पर्यटकको थलो बनाइ आम्दानी गरिने बताए। उनले पार्क निर्माणसँगै बैठक, कार्यक्रम गर्नेलगायत हरेक कार्य गर्न र पर्यटकीय स्थालको रूपमा चिनाउन सकिने बताए।

उनले उक्त पार्क व्यवस्थित गर्नका लागि बेसीशहर नगरपालिकाले चालु आवमा पनि १० लाख रुपैयाँ विनियोजित गरेको उक्त पार्कको निर्माणकै लागि प्रदेश र संघीय सरकारको कार्यक्रममा समेत बजेट परेको जानकारी दिए। उनले भने, ‘चालु आवमा कम्तिमा ५० लाखको काम हुनेछ र आउँदो आर्थिक वर्षमा निर्माणका सबै काम पूरा गर्ने लक्ष्य नगरपालिकाको रहेको छ। ’ उनले निर्माण कार्यलाई तिब्र दिन र काम पारदर्शी ढंगबाट गर्नुपर्नेमा जोड दिए। उनले नगरपालिकाभित्र १०/११ वटा पार्क निर्माणको काम थालनी गरिएको समेत जानकारी दिए।

नगरपालिका उपप्रमुख लक्ष्मीदेवी अधिकारीले करपुरेश्वर पार्कले बाह्य तथा अन्तरिक पर्यटकका लागि विशेष आकर्षण गर्ने विश्वास गरिएको हुँदा त्यसका लागि यस निमार्ण कार्यलाई तीब्र गतिमा सम्पन्न गर्न सबै नगरबासीले आफ्नो ठाउँबाट सक्दो पहल गर्न अनुरोध गरिन्।

करपुरेश्वर पार्क निर्माण उपभोक्ता समितिका प्रमुख वृषबहादुर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा बेसीशहर नगरपालिका वडा नं ८ का वडा अध्यक्ष पवित्रा थापा रानाले करपुरेश्वर पार्क वडा नं ८ को गौरव भएको हुँदा यसलाई त्यसै अनुरुप निमार्ण गर्नु पर्नेमा जोड दिइन्।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बेसीशहर नगरपालिका–८ का अध्यक्ष इमान सिं तामाङ, करपुरेश्वर टोल विकास संस्थाका अध्यक्ष कमला केसीलगायतले शुभकामना मन्तव्य राखेका थिए।

करपुरेश्वर पार्क निर्माणको आर्थिक वर्ष २०७५/७६ प्रतिवेदन पार्क निर्माणका सचिव रमेश राउतले प्रतिवेदन प्रस्तुत गर्नु हुँदै कुल ४४ लाख ५६ हजार ५ सय २३ रुपैयाँ खर्च भएको र निकासा रकममा १४ हजार २३ रुपैयाँ नपुग भएको बताए। पार्क निर्माण उपभोक्ता समितिका सदस्य लिलाबहादुर रिमालले स्वगत गरेको कार्यक्रममा सदस्य सरोज कुमार दनाईले भावी कार्यक्रमको योजना प्रस्तुत गरेको बताए।

Related News

सम्बन्धित समाचार

    • विजुलीका खम्बा चोरी गर्ने पक्राउ

      रासस श्रावण १८, २०७८
      वाग्मती । मकवानपुको वाग्मती गाउँपालिकाबाट चोरी भएको विद्युतीय खम्बासहित सात व्यक्तिलाई प्रहरीले पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाएको छ ।…
    • उद्घोषण तथा क्षमता विकास तालिम

      आदर्श समाज सम्वाददाता श्रावण १७, २०७८
      पोखरा । शुक्लागण्डकी नगरपालिका ३, पौवा प्रगतिटोलमा उद्घोषण तथा क्षमता विकाश तालिम सुरु भएको छ । टोलवासीको क्षमता तथा नेतृत्व विकासका…
    • फूलबारी क्लबमा हरिश्चन्द्र बास्तोला

      आदर्श समाज सम्वाददाता श्रावण १६, २०७८
      पोखरा । फूलबारी क्लबको ३० औं वाषिक साधारणसभा एवं अधिवेशनले नयाँ कार्यसमित चयन गरेको छ । पोखरा–११ फूलबारीस्थित क्लबको शनिबार…
    • ‘उपभोक्तालाई स्वच्छ पानी वितरण गर्छु’

      आदर्श समाज सम्वाददाता श्रावण १५, २०७८
      पोखरा । नेपाल खानेपानी संस्थानका महाप्रबन्धक डा. भूपेन्द्र प्रसादले संस्थान बलियो बनाउन आफू क्रियाशील भएको बताउँदै उपभोक्तालाई स्वच्छ पिउनेपानी वितरण गरेरै…
    • मदन पुरस्कारका लागि ‘श्रेष्ठ सूची’ सार्वजनिक

      आदर्श समाज सम्वाददाता श्रावण १५, २०७८
      पोखरा । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार २०७७’ का लागि ९ वटा पुस्तक छनोट गरेको छ । पुरस्कारका लागि आवेदन दिएका…

    hero news full width

    Gandaki University

    sanil ads

    wordlink ads