पोखरा,२० साउन । पोखरा– २७ वडा कार्यालय सहित सात वटा संस्थाले ८५ जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले दुःख कष्ट सहेर छोराछोरीलाई योग्य बनाउने आमा–बाबुलाई सन्तानले अपहेलित गर्न नहुने बताए ।
जिसीले कृष्ण प्रणामी बृद्धाश्रम पुग्नेबाटो र भौतिक पूर्वाधार सुधारका लागि महानगरले योजना बनाएर अगाडी बढ्ने उल्लेख गरे । उनले आफ्नै कार्यकालमा भौतिक संरचनामा सुधारगरी जेष्ठ नागरिकले समय विताउन सक्नेगरी सेवा केन्द्रको स्थापना गरिने समेत बताए ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं.–२७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले चालु आर्थिक वर्षको पहिलो कार्यक्रम जेष्ठ नागरिकहरुको सम्मान गरेर कार्यान्वयन गरेको उल्लेख गरे । उनले गत आ.ब मा सतप्रतिशत कार्य सम्पन्न भएको उल्लेख गर्दै, चालु आ.ब.को योजना पनि जेष्ठ नागरिकबाट शुरु गरेकाले राम्रो परिणाम आउनेमा विश्वास रहेको बताए ।
पोखरा–२७, कृष्ण प्रणामी मन्दिर बृद्धाश्रम एवं बालआश्रम, ठुलाकोट धार्मिक पर्यटन विकास समिति, अर्घौ मौला धार्मिक क्षेत्र विकास समिति, बेद अनुयायी नेपाल प्रतिष्ठान, जेष्ठ नागरिक संरक्षण समाज कास्की र खाष्टे, दिपाङ– मैदी ताल बराह व्यवस्थापन समितिले जेष्ठ नागरिकहरुलाई सम्मान गरेको हो ।
त्यस अवसरमा अवसरमा १०४ वर्षीय डिल्लीराम त्रिपाठी सहित महानगरका वडा नं. २६, २७, २८, ३० र ३१ का जेष्ठ नागरिकलाई सम्मान गरिएको वडा सदस्य सरस्वती नेपाली सरुले जानकारी दिइन् ।
Related News
सम्बन्धित समाचार
घरपरिवारबाटै अपहेलित छन् बहिरा
नेपाल बार एसाेसिएसनको १५ औं सम्मेलन पोखरामा
तलबभत्तासहित वर्षदिनमा साढे १२ लाख रुपैयाँ सामाजिक सेवामा खर्चे सांसद विन्दु थापाले
बाढीले प्रदेशमा ३ अर्बको क्षति
पाेखराका हार्डवयर व्यवसायीद्वारा मुसहरवस्तीमा न्यानो कपडा वितरण
hero news full width
मुख्य समाचार
प्याराग्लाइडिङबाट फेवामा खसेका युवाको उद्धार
विेदेश पठाइदिन्छु भन्दै ३३ जनाबाट १ करोड उठाउने धीरज पक्राउ
माघ १५, २०७७सातै प्रदेशमा तालिम केन्द्र सञ्चालन गर्दै श्रम मन्त्रालय
माघ १५, २०७७कक्षा १० को एसइई राष्ट्रिय कि प्रदेशस्तरबाट ?
माघ १५, २०७७मनाङकाे नासाे गाउँपालिकामा आगलागी, मानव बस्ती जोगाउनै हम्मेहम्मे
माघ १५, २०७७स्वस्थानी व्रत आजदेखि
माघ १५, २०७७