पोखरा, १९ साउन । नवनियुक्त पर्यटन मन्त्री योगेश कुमार भट्टराईसँग पोखरेली पर्यटन व्यवसायीको अपेक्षा निकै ठूलो छ । २०७५ साल फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनमा पर्यटन मन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि सो पद पाँच महिनादेखि खालि थियो ।
१७ महिना पछि आफ्नो चुनावी वाचा पूरा गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेता भट्टराईलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको वागडोर सुम्पेका छन् । युवा र जुझारु छविका भट्टराई सिंगो नेपालका पर्यटन मन्त्री हुन् तर पोखरा र यस वरपरको पर्यटकीय विकासका लागि मन्त्री भट्टराईको भूमिका कस्तो रहला– सिंगो गण्डकी प्रदेशवासी पर्यटन व्यवसायीको मनमा अहिले यही जिज्ञासा उब्जेको हुनुपर्छ ।
समग्र पर्यटन त्यो पनि संस्कृति र नागरिक उड्डयनको क्षेत्र समेत हेर्नुपर्ने दायित्व बोकेको एउटा मन्त्रीले पोखरा वा गण्डकी प्रदेश मात्र भनेर अघि बढ्ने अवस्था निश्चय नै छैन । तर स्वर्गीय मन्त्री रवीन्द्रले पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको मुद्दालाई कार्यान्वयन चरणमा पु¥याउन जुन भूमिका खेले त्यसले एक प्रकारको छाप पोखरेलीमा परेको छ । जुन भेकको मन्त्री हो त्यसले आफ्नो क्षेत्र भनेर केही न केही गर्छ भन्ने भान उनीहरुमा परेको छ ।
प्रथम तः सन् २०२१ को जुलाईमा निर्माण सम्पन्न गर्ने लक्ष्य साथ काम अगाडि बढिरहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्धारित समय वा अझ छिटो सम्पन्न भई सफलतापूर्व अपरेशनमा आओस् भन्ने पोखरेली पर्यटन व्यवसायीको चाहना देखिन्छ । यो विमानस्थलसँग पश्चिम नेपालकै पर्यटनको भविश्य जोडिएको यहाँका पर्यटन व्यवसायी ठान्छन् ।
यसैगरी फेवा लगायत पोखराका आठै ताल तथा अन्य सम्पदाहरुको संरक्षण र प्रबद्र्धनमा समेत पोखरेलीको ठूलो अपेक्षा देखिन्छ । फेवा तालमा देखिने अन्नपूर्ण हिमश्रृंखलाको छायाँले पोखरेली पर्यटनलाई धेरै हदसम्म थामेको छ । त्यसैले आफूले प्रत्यक्ष ठूलो रकम लगानी गर्न नसके पनि सरकारले यहाँका तालहरुको संरक्षण र प्रबद्र्धन गरिदियोस् भन्ने आम पर्यटन व्यवसायीको अपेक्षा छ ।
अलि संकुचित रुपमा हेर्दा फेवा ताल डिलको रत्न मन्दिर सर्वसाधरण र पर्यटकका लागि यथसक्य शीघ्र खोलियोस् भन्ने अर्को अपेक्षा पनि यहाँका व्यवसायीको रहेको छ । रत्न मन्दिर खुलेमा यस क्षेत्रमा आउने पर्यटकको बसाई र खर्च बढ्ने विश्वास पोखरेली पर्यटन व्यवसायी गर्छन् । अन्नपूर्ण क्षेत्र भ्रमण सकेर फर्कने पर्यटकको नुहाउने र एक रात विताउने ट्रान्जिट मात्र पोखरा बनेको र यहाँ पर्यटकको बसाई डेढ दिन वरपर मात्र रहेको देखिन्छ । पर्यटकले गर्ने खर्च समेत उति धेरै देखिंदैन । त्यसैले पर्यटकले गर्ने खर्च र उनीहरुको बसाई अवधि निकै महत्वपूर्ण विषय बनेको छ, पोखराका लागि समेत ।
अन्नपूर्ण क्षेत्रको कुरा गर्दा सो क्षेत्र र धौलागिरी क्षेत्रका पुराना पदयात्रा मार्गको संरक्षण, तिनको सुधार र नयाँ मार्गहरुको पहिचान तथा प्रबद्र्धनमा समेत सरकारी सहयोगको अपेक्षा व्यवसायीको छ । अन्नपूर्ण क्षेत्रमा जाने पर्यटकलाई विताउने अवधि र स्थान अनुसार फरक फरक प्रवेश शुल्कको व्यवस्था गर्नुपर्ने विषय समेत पोखरेली पर्यटन व्यवसायीको पुरानै माग हो ।
चौडा र फराकिलो पृथ्वी राजमार्ग र त्यस्तै सिद्धार्थ राजमार्ग तथा पोखरा–कोरला मार्ग छिटो बनोस् भन्ने माग समेत पोखरेलीहरु पर्यटन मन्त्रीसँग राख्न चुक्दैनन्, जवकि बाटोको विषय पर्यटन मन्त्रालय अन्तर्गत समेटिंदैन । यी सबै माग भन्दा माथि व्यवसायीहरु पोखरालाई पर्यटकीय राजधानीका रुपमा सरकारले औपचारिक मान्यता दिइयोस् भन्ने चाहन्छन् । र, पोखर र वरपरको पर्यटनमा एक खर्ब देखि पाँच खर्ब लगानी भएको अस्पष्ट तथ्यांक पेश गर्ने व्यवसायी पर्यटन क्षेत्रमा वित्तीय संस्थाले प्रदान गर्ने ऋणको ब्याज स्थीर र निकै सहुलियतपूर्ण होस् भन्ने चाहन्छन् ।
२०२० मा कूल २० लाख पर्यटक नेपाल भित्र्याउने उद्देश्य बोकेको नेपाल भ्रमण बर्षको प्रभावकारी कार्यान्वयन, नेपालको अन्तर्राष्ट्रिय प्रबद्र्धन, नेपाल वायु सेवा निगमलाई सशक्त र नाफा कमाउने विश्वशनीय संस्था बनाउने विषय समेत मन्त्रीसँग आसा गरिएको छ । युरोपेली नजरमा नेपाली उड्डयन क्षेत्र कालो सूचिबाट गुज्रँदै गर्दा नेपाल वायु सेवा निगमलाई वाह ! भन्ने खालको बनाउँछु भन्ने वाचा पर्यटन मन्त्रीबाट आउनु समग्र देशकै लागि खुसीको कुरा हो । नेपालको उड्डयन क्षेत्रलाई नियामक र सेवा प्रदायक गरी दुई भागमा विभाजन गरी काम गर्छु भन्ने उनको वाचा पनि प्रसंशायोग्य छ । प्रम ओलीका अलोचक मानिने भट्टराईले परिस्थितिले स्वर्गीय रवीन्द्रको कुर्चीमा आइपुगेको त बताए तर माथिका चुनौति कसरी पूरा गर्छन् त्यो समयक्रमले देखाउने नै छ ।
अर्कोतर्फ पोखरेली व्यवसायी सधै काठमाडौं र पूर्वको पर्यटनले पोखरा र पश्चिमको पर्यटनलाई छायाँमा पारेको ठान्छन् । सगरमाथा र पूर्वको विकास र प्रबद्र्धन जस्तो पश्चिमका लागि ध्यान दिने नगरिएको पोखरेली व्यवसायीको बुझाई छ । संयोगले अहिले भट्टराई ताप्लेजुङ अर्थात् पूर्वी नेपालबाटै निर्वाचित नेता परे । के उनले पोखरेलीको उक्त भावना नामेट पार्ने हिम्मत गर्लान्– क्षेत्रीय शोच भए पनि यो पोखराका लागि निकै महत्वपूर्ण सवाल हो ।
Related News
सम्बन्धित समाचार
चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति
पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
प्रेमील गजलकारको भावपूर्ण बिदाइ
अधिवेशन आह्वानप्रति कांग्रेसको आपत्ति, द्वन्द्व निम्तिन सक्ने चेतावनी
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान
गण्डकीमा अधिवेशन डाक्न सिफारिस, मुख्यमन्त्रीले विश्वासको मत लिँदै
वैशाख ५, २०८१दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल
वैशाख ४, २०८१प्रकट पगेनी ‘शिव’ को निधन
वैशाख ४, २०८१कामचलाउ मुख्यमन्त्री अधिकारी विश्वासको मत लिने तयारीमा
वैशाख ४, २०८१फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको भाउ
वैशाख ३, २०८१