मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

रासस
श्रावण २०, २०७६
Motorcyclist_After_Crash

दमौली, २० साउन । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको दमौलीस्थित मादी पुल नजिक आइतवार राति मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दे गाउँपालिका–१ गुणादी बस्ने २० वर्षीय सुरेन्द्र रसाइली रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

व्यास नगरपालिका–५ चापाघाटबाट दमौलीतर्फ आउँदै गरेको ग ५ प २६३९ नं को मोटरसाइकल दुर्घटनामा मोटरसाइकलमा सवार रसाइलीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँका सुमन विक घाइते भएका छन् ।

उनी दमौलीस्थित रत्नहरि अस्पतालमा उपचारपश्चात् डिस्चार्ज भएका छन् । दुर्घटना के कारणले भयो भन्नेबारेमा खुल्न नसकेको र घटना सम्बन्धमा थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width