Worldlink ads

बाग्लुङमा पहिरो १ मृत्यु, २ बेपत्ता

Avatar आदर्श समाज सम्वाददाता
श्रावण २०, २०७६
010720160917361-30062-2-Pahiro-ko-trash-1000×0

पोखरा, २० साउन । बागलुङ जिल्ला तमानखोला गाउँपालिका–४ लाम्मेलामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने दुई बेपत्ता छन् ।

लगातार परेको बर्षाले आइतवार राति गएको पहिरोमा परी ४५ वर्षीया सन्तकुमारी श्रीपालीको मृत्यु भएको छ भने दुई जना बेपत्ता छन् । बागलुङ जिल्ला प्रहरी कायालयका प्रहरी नायव उपरक्षिक झविन्द्र भट्टराईका अनुसार पहिरोमा परी बेपत्ता हुनेमा सोही स्थान निवासी ७० वर्षीया अन्सारी श्रीपाली र १२ वर्षीय प्रवीण श्रीपाली छन् । बेपत्ताको खोजिकार्य भइरहेको जानकारी डिएस्पी भट्टराईले  दिए ।

पहिरोमा परी अन्य ६ जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि स्थानीय स्पतालमा लगिएको छ भने घाइते मध्ये एक जनाको ढाडमा गम्भीर चोट लागेको जानकरी डिएस्पी भट्टराईले दिए । गाउँभन्दा एक सय मीटर माथिबाट खसेको पहिरोले ६ घर पुरेको थियो । ती घरका अन्य परिवार सदस्यले भागेर ज्यान जोगाएका थिए । घटनास्थलमा प्रहरी परिचालन गरिएको छ ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads