लमजुङ,२० साउन । जिल्ला प्रहरी कार्यालय मनाङले सदरमुकाम स्थित चामे गाउँपालिकामा नागरिक सुनुवाई आयोजना गरेको छ । प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाको प्रमुख आतिथ्यतामा सो कार्यक्रम गरिएको हो ।
प्रजिअ देवकोटाले प्रहरी बर्दीका र नागरिक बिनावर्दीका प्रहरी भएकाले अपराधिक क्रियाकलाप र विकृति विसंगति विरुद्ध सवै एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए । उनले विपद् व्यवस्थापन, सवारी दुर्घटना, शान्ति सुरक्षा लगायतका विषयमा गम्भीर हुन प्रहरीलाई आग्रह गरे ।
चामे गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर घलेले प्रहरीको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण अभियानमा स्थानीय प्रतिनिधिले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । प्रहरी नायव उपरीक्षक टीकाबहादुर कार्कीले प्रहरी नागरिकको शान्तिसुरक्षा, अपराधिक क्रियाकलाप नियन्त्रण तथा विकृति विसंगतिविरुद्धको अभियानमा रहेकाले यसतर्फ योजनाबद्ध ढंगले अघि बढेको बताए । उनले प्रहरीका सवै अभियानमा नागरिकको सहयोग र साथको आवश्यक रहेको बताए ।
कार्यक्रमका सहभागीले पछिल्ला समय जघन्य अपराधिक क्रियाकलाप तथा घटना दुर्घटना नभए पनि कुनैपनि समय अपराधिक क्रियाकलाप हुन सक्ने र घटना दुर्घटना हुन सक्ने भन्दै त्यसतर्फ सचेत बन्न प्रहरीलाई सुझाव दिएका छन् । कार्यक्रममा सहभागिले विपद व्यवस्थापन र सवारी दुर्घटना, घटना अनुसन्धानको सूचना, समुदाय–प्रहरी साझेदारीको अवधारण, चामे तिमाङमा अस्थायी प्रहरी चौकी स्थापना, चोरीका घटना हुन नदिन प्रहरीको योजना तथा पर्यटक सुरक्षा सम्बन्धी जिज्ञासा राखेका थिए । स्थानीयले प्रहरी विकृति विसंगति रोकथामका लागि प्रहरीले योजनाबद्ध ढंगले लाग्न आग्रह गर्दै नागरिकका तर्फबाट साथ दिने प्रतिवद्धता जनाएका छन् ।
चामे गाउँपालिका– ४ स्थित आमा समूहको सहभाहलमा आयोजित नागरिक सुनुवाईमा प्रहरी निरीक्षक प्रकाश भुसालले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उद्देश्यका बारेमा प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चालन प्रहरी नायव निरीक्षक महेन्द्र पोख्रेलले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
नेपाल बार एसाेसिएसनको १५ औं सम्मेलन पोखरामा
तलबभत्तासहित वर्षदिनमा साढे १२ लाख रुपैयाँ सामाजिक सेवामा खर्चे सांसद विन्दु थापाले
बाढीले प्रदेशमा ३ अर्बको क्षति
पाेखराका हार्डवयर व्यवसायीद्वारा मुसहरवस्तीमा न्यानो कपडा वितरण
तनहुँमा पत्रकार महासंघका ६ पूर्वाध्यक्ष पुरस्कृत
hero news full width
मुख्य समाचार
विश्वभरी कोरोना सङ्क्रमितको संख्या दश करोड नाघ्यो
पाेखराका ४ अस्पतालसहित गण्डकीका ११ वटै जिल्लामा सुरु भयाे काेराेनाविरुद्ध खाेप अभियान
माघ १४, २०७७बाढी पहिरोमा क्षति पुगेका ५९० घर पुनःनिर्माण गरिने
माघ १४, २०७७गण्डकीमा १४ खोप केन्द्र, आजबाट सबै जिल्लामा लगाइने
माघ १४, २०७७कास्कीमा सुरू भयाे चुनावकाे तयारी
माघ १४, २०७७संसद विघटनविरुद्ध कांग्रेस झनै सशक्त
माघ १३, २०७७