पोखरामा पहिलो पटक निजी अस्पतालका ल्याबमा कार्यरत कर्मचारीलाई मलेरिया (औलो) माईक्रोस्कोपिक तालिम दिइएको छ।
नेपाल औलो रणनीतिक योजना अनुसार नेपाललाई सन् २०२५ सम्म औलोमुक्त राष्ट्र बनाउने सरकारको लक्ष्यअनुरुप प्राविधिकलाई सो तालिम दिइएको हो ।
स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकु, काठमाडौको आयोजना, युएसएडअन्तर्गत जपाई कर्पोरेशनको प्राविधिक तथा आर्थिक सहयोग र मेडिकल ल्याब्रोटोरी एशोसिएसन अफ नेपाल (मेलान) को समन्वयमा आयोजित तालिममा तनहुँ, स्याङ्जा, लमजुङ, गोरखाका ७५ जनाको सहभागिता रहेको मेलानका केन्द्रिय सचिवालय सदस्य रवीन्द्र शर्मा बस्ताकोटीले जानकारी दिए । रोग नियन्त्रण महाशाखाका मेडिकल टेक्नोलोजिष्ट धनप्रसाद पौडेलले तालिमपछि प्राविधिकले बिरामीको रोग परीक्षण गर्दा औलो भए/नभएको पत्ता लगाउन सक्ने विश्वास व्यक्त गरे। उनका अनुसार गत वर्ष कास्कीमा १६ जनामा औलो रोग थियो।
नेपाल सरकारले सन् २०२२ सम्म बिरामीको संख्या शून्य पुर्याएर लगातार ३ वर्षसम्म कायम गर्न सके सन् २०२५ मा नेपाल औलोमुक्त राष्ट्र हुनेछ।
कार्यक्रममा स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक खिमबहादुर खड्का, स्वास्थ्य कार्यालय कास्कीका प्रमुख जनस्वास्थ्य प्रशासक राजेन्द्र घिमिरे, सेभ द चिल्ड्रेनका माइक्रोवायोलोजिष्ट डा विजय बज्राचार्यले औलो रोग नेपालबाट उन्मूलन गराउन प्रयोगशाला कर्मचारीको महत्वपूर्ण भूमिका रहने बताए।
औलो एनेफिलिज जातको संक्रमित पोथी लामखुट्टेको टोकाईबाट हुने सरुवा रोग हो। नेपाल सरकारले सन् २०२२ सम्म बिरामीको संख्या शून्य पुर्याएर लगातार ३ वर्षसम्म कायम गर्न सके सन् २०२५ मा नेपाल औलो मुक्तराष्ट्र हुनेछ।
तालिममा मेलान गण्डकी प्रदेशका अध्यक्ष सूर्यप्रसाद पोख्रेल र सल्लाहकार राजेन्द्र रानाभाटले सहजीकरण गरेका थिए।
Related News
सम्बन्धित समाचार
हिल हिमालयजद्वारा ४३ हजार किलो फोहोर व्यवस्थापन
लेखनाथ जेसिज र जुनियर जेसिजको पदस्थापन
फेवातालकाे सीमांकन : ४० वर्ष अघिकै आकारमा फर्काउने प्रयास
सामुदायिक प्रहरी जिल्ला समन्वय कास्कीमा बाेधराज कार्की
बैदाम प्रहरीमा महिला इञ्चार्ज
hero news full width
मुख्य समाचार
प्याराग्लाइडिङबाट फेवामा खसेका युवाको उद्धार
विेदेश पठाइदिन्छु भन्दै ३३ जनाबाट १ करोड उठाउने धीरज पक्राउ
माघ १५, २०७७सातै प्रदेशमा तालिम केन्द्र सञ्चालन गर्दै श्रम मन्त्रालय
माघ १५, २०७७कक्षा १० को एसइई राष्ट्रिय कि प्रदेशस्तरबाट ?
माघ १५, २०७७मनाङकाे नासाे गाउँपालिकामा आगलागी, मानव बस्ती जोगाउनै हम्मेहम्मे
माघ १५, २०७७घरपरिवारबाटै अपहेलित छन् बहिरा
माघ १५, २०७७