जडिबुटी दिवसमा वृक्षरोपण

एजेन्सी
श्रावण २०, २०७६
photo 02_Fotor

विश्व जडिबुटी दिवस तथा आयुवेर्द शिरोमणि आचार्य बालकृष्ण महाराजको जन्मोत्सवको अवसरमा पतन्जली योग समिति कास्कीले वृक्षरोपण तथा हवनयज्ञ गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. ९ का अध्यक्ष रामराज लामिछाने योगको माध्यमबाट वडावासी निरोगी हुन सकुन भन्ने अभिप्रायले वडाले योग केन्द्रहरु वनाउन विभिन्न सहयोग गर्दै आएको बताए।

कार्यक्रमका अतिथि लोकदर्शन कोइरालाले पोखरा ९ को शान्तिघाट, सेतीको किनार जोखिमयुक्त भएकाले जडिबुटी जन्य रुखका बिरुवाले पहिरो रोकथाम र वातावरणलाई राम्रो हुने बताए।

योग गरौं, रहौं निरोग भन्ने मुल मन्त्रले अभिप्रेरितभई पोखराका करिब २५ भन्दा वढि योग केन्द्रबाट सहभागिता रहेको समितिका महामन्त्री प्रकाश बास्तोलाले बताए।

सो अवसरमा बर, पिपल पुत्रन्जी, राजवृक्ष, तेजपत्ता, पारिजात, कपुर लगायत फलफूलका वेर्ना सारिएको थियो। वृक्षरोपणका साथै आचार्य बालकृष्णको जन्मोत्सव अवसरमा उनको दीर्घायु र निरोगीताको कामना गर्दै हवन पनि गरिएको थियो। हवनको पूजा गण्डकी प्रदेश योग समितिका मन्त्री विश्वमणि तिवारीले गरेका थिए।

समितिका अध्यक्ष कृष्णप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महामन्त्री प्रकाश बास्तोलाले गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width