पोखरा, १९ साउन । सयपत्री बचत तथा ऋण सहकारी संस्था पोखरा–११ ले आफ्नो १० औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आइतबार सम्पन्न गरेको छ । उक्त रक्तदानमा १०४ युनिट रगत संकलन भएको छ ।
भूमि, कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेश सहकारी महाशाखाका अधिकृत सागर खनालले पहिलो रक्तदाता पोखरा भ्याली इन्स्टिच्युटका सञ्चालक विष्णुप्रसाद लामिछानेलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।
यस अवसरमा प्रमुख अतिथि खनालले सहकारीका सात सिद्धान्तलाई अंगिकार गरी अघि बढेमा कुनै पनि सहकारी संस्थालाई असहज परिस्थिति नआउने बताउँदै सहकारीलाई मापदण्ड एवं कार्यविधि बनाएर व्यवस्थित गरिने तयारी भइरहेको जानकारी दिए । कास्की बचत तथा ऋण सहकारी संघका अध्यक्ष सुदीप ढकालले सहकारीलाई दिगो र भरपर्दो ढंगले सञ्चालन गर्न शेयर सदस्यको जिम्मेवार भूमिका र योगदान महत्वपूर्ण हुने बताए ।
संस्थाका अध्यक्ष विश्वराज बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा–११ का वडा अध्यक्ष मोहनप्रसाद बास्तोला, सल्लाहकार एवं ओम डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी, पुरानोधारा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद कोइराला, फूलबारी क्लबका अध्यक्ष हरिप्रसाद बास्तोला लगायतले शुभकामना व्यक्त गरको थिए ।
कास्की जिल्लाभरी कार्यक्षेत्र रहेको उक्त सहकारीको शेयर पूँजी १२ करोड, निक्षेप ९९ करोड, कर्जा लगानी ९६ करोड रुपैयाँ रहेको र एटीएम सेवा समेत सुचारु भएको व्यवस्थापक विकास सुवेदीले जानकारी दिए ।
शेयर सदस्यहरुलाई स्वास्थ्य सेवा समेत प्रदान गर्ने उद्देश्य अनुरुप गण्डकी मेडिकल कलेज र संस्थाबीच सम्झौताभई निःशुल्क दन्त परीक्षणको व्यवस्था समेत गरिएको संस्थाका उपाध्यक्ष भीम न्यौपानेले जानकारी दिए । कार्यक्रममा उपाध्यक्ष भीम न्यौपानेले स्वागत, धन्यवाद कार्यक्रम संयोजक सहसचिव बसन्तराज कोइराला र सञ्चालन कृष्णप्रसाद आचार्यले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
सातै प्रदेशमा तालिम केन्द्र सञ्चालन गर्दै श्रम मन्त्रालय
सक्षम सहकारीको पदस्थापन
सुन्तलाबाट जुस, बोक्राबाट मेकअप सामग्री
गुरुङ ब्युटिपार्लरपछि चिनुले खाेलिन् सिजी ब्रोज एन्ड नेल्स ट्रेनिङ इन्स्टिच्युट
गाउँमै रोजगारी : परिवारमा खुशीयाली
hero news full width
मुख्य समाचार
प्याराग्लाइडिङबाट फेवामा खसेका युवाको उद्धार
विेदेश पठाइदिन्छु भन्दै ३३ जनाबाट १ करोड उठाउने धीरज पक्राउ
माघ १५, २०७७कक्षा १० को एसइई राष्ट्रिय कि प्रदेशस्तरबाट ?
माघ १५, २०७७मनाङकाे नासाे गाउँपालिकामा आगलागी, मानव बस्ती जोगाउनै हम्मेहम्मे
माघ १५, २०७७घरपरिवारबाटै अपहेलित छन् बहिरा
माघ १५, २०७७स्वस्थानी व्रत आजदेखि
माघ १५, २०७७