अमेरिकामा गोली चल्यो, २० को मृत्यु, २६ घाइते

एजेन्सी
श्रावण १९, २०७६
america photo

पोखरा, १९ साउन । अमेरिकाको टेक्सस राज्यमा अन्धाधुन्द गोली प्रहार हुँदा कम्तीमा २० जनाको ज्यान गएको छने घटनामा २६ जना घाइते भएका छन् ।

बीबीसीका अनुसार घटना अमेरिका र मेक्सिकोको सिमानाभन्दा केही पर रहेको वालमार्ट स्टोरमा भएको हो। एल पासो शहरमा भएको उक्त घटनालाई टेक्ससका गभर्नरले आफ्नो प्रान्तका लागि इतिहासकै सबैभन्दा घातक दिन मध्येको एक रहेको बताएका छन् ।

घटनामा संलग्न आशंकामा प्रहरीले २१ वर्षीय एक युवकलाई नियन्त्रणमा लिएको छ। अमेरिकी सञ्चार माध्यमहरूका अनुसार उनको नाम प्याट्रिक क्रुसिअस हो। उनी ड्यालस शहरका बासिन्दा हुन् । तर मृतक तथा घाइतेहरूको नाम भने हालसम्म खुलाइएको छैन । रोयटर्स समाचार संस्थाका अनुसार मेक्सिकोका राष्ट्रपतिले भने आफ्ना तीन नागरिकको मृत्यु र ६ जना घाइते भएको बताएका छन्।

सीसीटीभी फुटेजमा डार्क टिसर्ट र इअर प्रोटेक्टर लगाएका व्यक्तिले एसल्ट राइफलमार्फत अन्धाधुन्ध गोली बर्साएको देखिन्छ । पछिल्लो एक सातामा अमेरिकामा भएको यो दोस्रो गोलीकाण्ड हो। यसअघि क्यालिफोर्निया राज्यमा गोली लागेर तीन जनाको मृत्यु भएको थियो।टेक्ससमा भएको घटनालाई अमेरिकाको पछिल्लो कालखण्डको आठौँ घातक बन्दुक आक्रमणका रूपमा अथ्र्याइएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width