पोखरा, १८ साउन । सामान्य परिवारमा जन्मेकी सुुरती पाण्डेले १२ कक्षाको परीक्षामा व्यवस्थापन संकायतर्फ उत्कृष्ट जिपिए ल्याएको उनले अध्यायन गरेको प्रतिभा माविले दावी गरेको छ । पोखरामा शनिबार आयोजित पत्रकार सम्मेलनमा विद्यालयका प्राचार्य विश्वगोपाल पराजुलीले पाण्डेले ल्याएको ३।९२ जिपिए नेपालमै उत्कृष्ट जिपिए भएको जिकिर गरे ।
‘औपचारिक प्रतिस्पर्धा र आधिकारीक घोषणा नभएपनि सबै ठाउँको नतिजा हेर्दा यो नै उत्कृष्ट रहयो’–प्राचार्य पराजुलीले भने । यस वर्ष नेपाल भरबाट ३ जना विद्यार्थीले मात्रै ३।९२ जिपिए ल्याउन सफल भएको पनि उनले जानकारी दिए ।
धादिङ्गको आगिङचोकमा सामान्य परिवारमा जन्मिएकी विद्यार्थी पाण्डेले विद्यालय, शिक्षक र आफ्नों मेहनतका कारण यो नतिजा ल्याउन सफल भएको बताइन् । सानै उमेरमा बुवा गुमाएकी पाण्डे आफ्नों प्रेरणाको श्रोता आमा सम्झना पाण्डे भएको बताउँछिन् । ‘आमाको हौसला र मेहनत देख्दा मलाई केही गरी देखाउनुपर्छ भन्ने लागेरनै दैनिक ४ घण्टा मात्र सुत्थे गर्थे –उनले भनिन् । जन्मिदैदेखि कोही पनि जान्ने नहुने तर उसले पाएको वातावरण र मेहनतलेनै उत्कृष्ट बनाउने उनको भनाई छ ।
उनको लक्ष्य असर चार्टर एकाउण्टेण्ट बनेर देशको सेवा गर्ने रहेको छ । उनको लक्ष्यलाई पुरा गर्न प्रतिभा मावि र अटो वेजले आर्थिक सहयोग समेत प्रदान गर्ने भएका छन् । विद्यालयले १ लाख नगद सहयोग र उनको भाई सचितराज पाण्डेलाई १२ कक्षा सम्म निःशुल्क अध्यायन गराउने विद्यालयका अध्यक्ष नारायण पौडेलले पत्रकार सम्मेलनमा घोषणा गरे । अटो वेज प्रालिका संचालक समेत रहेका उनले प्रालिको तर्फबाट ५० हजार सहयोगको घोषणा समेत गरे ।
२०४३ सालमा स्थापना भएको विद्यालयले विज्ञान, व्यवस्थापन र होटल म्याजेज्मेण्टमा पढाई सञ्चालन गरेको छ । विद्यालयले आफ्नों प्रतिस्पर्धा पोखरासंग नभई काठमाण्डौसंग भएको अध्यक्ष पौडेलको भनाई छ । विद्यालय संचालक समितिका सदस्य एवं शिक्षक विजयबहादुर थापाले पोखरेली विद्यार्थीको मुख्य आकर्षण प्रतिभा बन्न सफल भएको दावी गरे ।
Related News
सम्बन्धित समाचार
स्वास्थ्य शिक्षाको शुल्क घटाउन निर्देशन
‘नेपाली भाषा विषयको अवमूल्यन नगर’
ग्लोबल कलिजियटले मनायो रजतजयन्ती
गण्डकी विश्वविद्यालय रजिस्ट्रारमा डा. कैलाश तिमिल्सिना नियुक्त
पाठ्यक्रममा मुक्तक समावेश गर्न माग
hero news full width
मुख्य समाचार
पाेखराका हाेटेलमा जाेखिमपूर्ण काम गर्ने ६ बालबालिकाको उद्धार
प्रतिनिधिसभा विघटन संविधानसम्मत कि गैरसंवैधानिक ?
माघ १०, २०७७स्वास्थ्य शिक्षाको शुल्क घटाउन निर्देशन
माघ १०, २०७७मलेशियाबाट १८ नेपालीको शव ल्याइयो
माघ १०, २०७७“हराउँदै गएका गीत नृत्यसँगै कला संस्कृति युवा पिँढीलाई हेर्न र सिक्ने अवसर”
माघ १०, २०७७इजलास छैन श्रीमानलाई
माघ १०, २०७७