पोखरा । पहिलो पटक पोखरामा निजि अस्पतालहरुमा ल्याबमा कार्यरत कर्मचारीहरुलाई मलेरिया (औलो) माईक्रोस्कोपिक तालिम दिइएको छ ।
नेपाल औलो रणनीतिक योजना अनुसार नेपाललाई सन् २०२५ सम्ममा औलो मुक्त राष्ट्र बनाउने नेपाल सरकारको लक्ष्य रहेकोले उक्त योजनालाई सफल पार्न निजी क्षेत्रबाट संचालित हस्पिटलको ल्याबमा कार्यरत प्राविधिकहरुको लागि मलेरिया माईक्रोस्कोपिक तालिम दिइएको हो।
उक्त तालिमले प्राविधिकहरुले विरामीको रोग परीक्षण गर्दा औलो भएनभएको बारेमा पत्तालगाउन सक्ने रोग नियन्त्रण महाशाखाका मेडिकल टेक्नोलोजिष्ट धनप्रसाद पौडेलले बताए । उनका अनुसार गतवर्ष कास्की जिल्लामा १६ जनामा औलो रोग लागेको छ ।
स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकु, काठमाण्डौको आयोजना, युएसएड अन्र्तगत जपाईको कर्पोरेशनको प्राविधिक तथा आर्थिक सहयोग र मेडिकल ल्याब्रोटोरी एशोसियशन अफ नेपाल (मेलान) को समन्वयमा संचालित सो तालिममा स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक खिमबहादुर खड्काले औलो रोगको स्थिति र अवस्थितिको बारेमा जानकारी दिदैं औलो रोगको परीक्षण र उपचारको निःशुल्क सरकारले निशुल्क रुपमा गरिरहेको बताएका छन् ।
कार्यक्रममा स्वास्थ्य कार्यलय कास्कीका प्रमुख जनस्वास्थ्य प्रशासक राजेन्द्र घिमिरे, सेभ द चिल्डे«नका माइक्रोवायोलोजिष्ट डा. विजय वज्राचार्यले औलो रोग नेपालबाट उन्मुलन गराउन प्रयोगशाला कर्मचारीको महत्वपुर्ण भूमिका रहने बताएका छन् ।
उक्त तालिममा कास्की जिल्ला लगायत तनहुँ, स्याङ्जा, लमजुङ, गोर्खामा रहेका निजी अस्पताल तथा क्लिनिकहरुमा कार्यरत प्रयोगशालामा कार्यरत ७५ जना कर्मचारीहरु सहभागिता रहने स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका मेडिकल ल्याव्रोटरी अफिसर तथा मेलानका केन्द्रीय सचिवालय सदस्य रवीन्द्र शर्मा वस्ताकोटीले बताए ।
औलो एनेफिलिज जातको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट हुने सरुवा रोग हो । नेपाल सरकारले सन् २०२२ सम्ममा स्थानीय औलो विरामीको संख्या शुन्य पुर्याई लगातार ३ वर्षसम्म शुन्य नै कायम गर्न सकेमा मात्र २०२५ मा नेपाल औलो मुक्त राष्ट्र हुने सो अवसरमा जानकारी दिइएको थियो।कार्यक्रममा सहजीकरण मेलान गण्डकी प्रदेशका अध्यक्ष सूर्यप्रसाद पोख्रेल र सल्लाहकार राजेन्द्र रानाभाटले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
सिटिजन जुरी थप ७ जिल्लामा विस्तार हुने
सामुदायिक प्रहरी जिल्ला समन्वय कास्कीमा बाेधराज कार्की
इजलास छैन श्रीमानलाई
जिल्ला समन्वय समिति : संविधानले चिन्यो, व्यवहारले चिनेन
जग्गाको मालिक बन्दै भूमिहीन
hero news full width
मुख्य समाचार
नेकपा विभाजनलाई निर्वाचन आयोगले मान्यता दिएन
फेदीखाेलामा गुरुङ भाषाका आदिकविकाे सालिक अनावरण
माघ ११, २०७७गुरुङ फिल्म अब नियमित रुपमा चलचित्र हलमा प्रदर्शन गरिने
माघ ११, २०७७गाउँमै रोजगारी : परिवारमा खुशीयाली
माघ ११, २०७७विकास खर्च तीन वर्षयताकै कम
माघ ११, २०७७हिउँ नपर्दा चिन्तामा किसान
माघ ११, २०७७