बेसीशहरको मुटुमै तरकारी खेती

आदर्श समाज सम्वाददाता
श्रावण १७, २०७६
tarakari-kheti-picture-1

लमजुङ, १७ साउन । लमजुङमा सञ्चालन गरिएको एक कृषक पाठशालाले एक दम्पतीलाई व्यावसायिक तरकारी उत्पादक बनाएको छ । बेसीशहरको मुटुमा रहेको वडा नं– ८ स्थित सेरा निवासी लक्ष्मी पौडेलका दम्पतीलाई कृषक पाठशालाले व्यावसायिक तरकारी उत्पादक बनाएको हो ।

जिल्ला कारागार शाखाको पछाडि, अर्थ्ली आमाविको बगलमा अन्य दुईतर्फ घरै घरले घेरिएरको स्थान रहेको तराकारी बारी त्यही नपुग्नेले हत्तपत्त त्यो स्थल देख्न सक्दैनन् । तरकारी बारीको स्याहारको काम गर्ने गर्दा हिजोआज लक्ष्मीलाई दिन वितेको पत्तो नै हुँदैन भन्छिन् । साँझ, विहान, दिउँसो जतिबेला पनि लक्ष्मी तरकारी बारी मै भुल्छिन् । प्रायः गोडमेल, नयाँ सिजन अनुसारका विरुवा उत्पादन, रोपण आदिमै वित्ने गरेको मेरो दिन उनले भने । ‘तपाईलाई यो काम गर्ने प्रेरणा के कसरी प्राप्त भयो ?’ भन्ने जिज्ञासामा उनले भने, ‘अघिल्लो सालको माघमा कृषक पाठशालाको कक्षामा भाग लिन गएकी थिएँ, त्यहाँ हामीले १६ हप्तासम्म भाग लिएर त्यो पाठशाालाको कक्षामा सिकेर खेती गर्न थालेकी हुँ ।’ आफैले विउ राखेर, विरुवा उत्पादन गरी, विरुवा सारेर उत्पादन समेत लिएका थियौं, त्यो देखेपछि ‘गर्न सके, हुने रहेछ’ भन्ने लागेर यो काममा लागेकी हुँ लक्ष्मीले बताइन् ।

त्यो काममा उहाँका श्रीमान्को पनि साथ रहेको छ । साउदीमा २१ महिना, कतार २० महिना, र अफगानिस्तानमा ७ महिना विताउदासमेत कतै पनि कमाई गर्न नसकी घरबाट पैसा मगाएर फर्कनु भएका लक्ष्मीका श्रीमान् राजन पौडेलले सो तरकारी खेतीमा आवश्यक सहयोग गर्दछन् । त्यसो त उनले प्रायः आफ्नै घरमा रहेको किराना पसल र त्यसै पसलमा आफ्नो बारीमा उत्पादन भएको तरकारी समेत राखेर बिक्रीको काम गर्ने गर्नु हुन्छ । तर पनि बलको काम पर्दा उहाँले सहयोग गर्ने गर्नु भएको छ लक्ष्मीले जानकारी दिइन् ।

लक्ष्मीले तरकारी खेती गर्ने रुचि देखाउनु भएपछि बेसीशहर नगरपाकिलाको कृषि शाखाले तीन वटा टलेन(६÷१२ मिटरका) ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको बताए । सरकार, स्थानीय तह जे भनेपनि पाएको सहयोग यत्ति हो, अरू आफ्नै लगानी हो लक्ष्मीले भने । के कति लगानी गर्नु भएको छ त ? भन्ने जिज्ञासामा त्यो हिसाव त श्रीमान्ले राख्ने गर्नु भएको उनले बताए । आफ्नै पैतृक सम्पत्तीका रुपमा रहेको डेढ रोपनी जग्गामा यो खेती गर्दा आफ्नो साढे दुई लाख लगानी भएको राजन पौडेलले बताए । अहिलेसम्म त लगानीमै रहेको छ अब चाहिँ आम्दानी हुन्छ होला उनले भने ।

लक्ष्मीले एउटा टलेनमा गोलभेडा, अर्कोमा तरकारीको विउ उत्पादन गर्ने र अर्को टनेलमा सिजनमा काक्रो सहितको मौसम र आवश्यकता अनुसारको तरकारी लगाउने गरेको बताए । बजारको स्थितिका बारेको जिज्ञासामा ‘हाम्रो आफ्नै पसल पनि छ, बजारको भन्दा प्रतिकिलो १०, २० रुपैयाँसम्म पनि कम मूल्यमा दिने गरेका छौं, ऐलेसम्म विकेन भनेर कुहाएर फ्याक्नु परेको छैन ।’ लक्ष्मीले भनिन्, ‘बजारमा गोलभेडा प्रतिकेजी एक सय २० हुँदा हामीले सयमै दिएका छौं, सय हुँदा ८० रुपैयाँमा दिन्छौं ।’ घिरौंला, करेला, भिडीको प्रतिकेजी ६० रुपैयाँका दरले र बोडी ८० रुपैयाँमा प्रतिकेजी विक्री गरिरहेको उनले बताइन् । उनीले भन्छिन्, ‘ऐलेसम्म रासायनिक मल र बजारबाट किनेर ल्याएर विषादिको प्रयोग गरेको छैन ।’ खुशी छौं, अब सकुन्जेल यही खेती गर्ने हो लक्ष्मीले बताइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width