६० युनिट रगत संकलन

Avatar आदर्श समाज सम्वाददाता
श्रावण १७, २०७६

साउन १७ पोखरा । पोखरा–१७ मा आयोजना गरिएको रक्तदान कार्यक्रममा ६० युनिट रगत संकलन भएको छ । लायन्स क्लव अफ पोखरा बिरौटा साझा चौतारीद्वारा गरिएको रक्तदान कार्यक्रममा ६० यूनिट रगत संकलन भएको हो ।

रक्तदान कार्यक्रमका संयोजक ला. शैलेन्द्र मोहन भट्टराईले पहिलो रत्तदाता कृष्ण पौडेललाई ब्लड व्याग हस्तान्त्रण गरी कार्यक्रमको सुरुवात गरेका थिए । रगतको अभावमा अस्पतालको शैया छट्पटाई रहेका विरामीहरुका यस्ता रक्तदान कार्यक्रमले सहयोग पुर्याउने बताए ।

कमिटि चियरपर्सन रजनी कोइराला, जोन चेयरपर्सन रामजी घजु, रिजन चेयरपर्सन दुर्गा कुमारी आचार्य, कमिटि चेयर पर्सन जीतबहादुर थापा, डिपार्टमेन्ट अफिसर सन्तोष घिमिरे, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वडा नं ८ का अध्यक्ष लक्ष्मीप्रसाद सुबेदी, कृष्ण पौडेल, विजय आचार्य, माधव पोखरेल लगायतले रक्तदानको महत्वका बारेमा प्रकाश पारेका थिए ।

संस्थाका अध्यक्ष साबित्रा पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष रेखादेवी पोखरेल र सञ्चालन सह–सचिव लक्ष्मी बराल आचार्यले गरेको कार्यक्रम संयोजक गिता पराजुलीले जानकरी दिइन ।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

लेकसाइडमा पूरै अप्रेसन गर्न आईजी खनालको निर्देशन

खुत्रुकेको पैसा आश्रममा

बिश्व फोटोग्राफी दिवस प्रभातफेरी

टोलवासीको मन जित्न आग्रह

६ अधिकृत सहित १८ कर्मचारी छड्केमा

प्रमुख समाचार

लेकसाइडमा पूरै अप्रेसन गर्न आईजी खनालको निर्देशन

थप प्रमुख समाचार

भतिजीलाई वलत्कार गर्ने पक्राउ

बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

खुत्रुकेको पैसा आश्रममा

बिश्व फोटोग्राफी दिवस प्रभातफेरी