हरिदेवीको ‘तिते करेली’

Avatar आदर्श समाज सम्वाददाता
श्रावण १७, २०७६

‘घिराम्ला टिपेर पकाउ आमा तरकारी,
त्यो तिते करेली खान्न म त नाई नाई ।
धेरै कर नलाउन हे मेरी आमै,
त्यो पापी घरमा जान्न म त नाई नाई ।।’

पोखरा ।   वरिष्ठ लोक गायिका एवं हरिदेवी कोइरालाले यस पटकको तीजमा प्रस्तुत तीजको गीत ‘तिते करेली’ लिएर आएकी छन् ।

म्युजिक भिडियोको हालैमात्र युट्युबमार्फत सार्वजनिक भएको छ ।

प्राज्ञ समेत रहेकी कोइरालाले गीतमा स्वर भरेकी छन् । कोइरालाकै शब्द रचनामा ‘तिते करेली’ गीत तयार भएको हो । ग्रामीण भेगमा प्रयोग हुने चलनचल्ती, परम्परा र संस्कृतिका मौलिक शब्दहरुलाई कोइरालाले गीतमा टपक्क टिपेकी छन् । गीतको लय पनि नेपाली मौलिकतामै आधारित छ ।

मोडल पूजा जोशीले गीतमा फिचरिङ गरेकी छन् । भागी गाहा मगरले नृत्य निर्देशन गरेकी हुन् । ललितसिंह साउदले म्युजिक भिडियोको सम्पादन गरेका हुन् । शेरबहादुर डीसीले निर्देशन गरेको भिडियोको सुरेश श्रेष्ठले छायांकन गरेका हुन् । सञ्जयले एरेञ्ज भरेको गीतमा श्याम मल्लले श्रृंगार गरेका छन् ।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

प्रेम संसारको ‘सुनैना सुनैना’

‘रातो टीका निधारमा’ शीर्षगीत सार्वजनिक

घलेलमा प्रकटका गजल

तल्लो गगनगौडा आमा समूह विजयी

पहारी महिलाको तीज कार्यक्रम

प्रमुख समाचार

रुपन्देहीमा गोली चल्यो, १ को मृत्यु