फेवातालमा डुबेर गुरुङको मृत्यु

आदर्श समाज सम्वाददाता
श्रावण १६, २०७६
fewalake

पोखरा, १६ साउन । पोखरा–६ वैदाम स्थित फेवातालमा बिहिबार बिहान एक युवकको शव भेटिएको छ ।

पोखरा–१३ संगमटोल निवासी ३२ वर्षीय अमित गुरुङको शव फेवातालको पश्चिमी भाग खपौंदी स्थित तालमा तैरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजकुमार केसीले बताए ।

उनको के कारणबाट तालमा डुबेर मृत्यु भएको भन्ने बारेमा प्रहरीले अनुसन्धान शुरु गरेको छ । उनको शव शल्य परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा राखिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width