नागरिक सुरक्षा प्राथमिकतामा-उपरीक्षक केसी

आदर्श समाज सम्वाददाता
श्रावण १६, २०७६
hemja photo (2)

हेमजा, १६ साउन । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक राजकुमार केसीले नागरिकको सुरक्षा पहिलो प्राथमिकता रहेको बताएका छन् ।

प्रत्येक नागरिक सुरक्षित भएभने मात्र उसका हरेक गतिविधि र योजना सहजै अगडि वण््न सक्छन् उपरीक्षक केसीले भने –प्रविधिको विकासँगै सुरक्षा व्यवस्थामा पनि अनेकन चुनौती थपिदै गएका छन् । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा हेमजाको बिहीवार सम्पन्न दोस्रो साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन्।

समाजमा बिकृतिहरु फैलिएका छन, कतिपय अवस्थामा मानिस विवेकहीन प्राणी जस्तो बन्ने गरेको पनि औँल्याउदै उनले अपराध नियन्त्रण, अनुसन्धान र शान्ति सुरक्षाको क्षेत्रमा प्रहरीका काम धेरै छन्, सामुदाय–प्रहरी साझेदारी प्रभावकारी बनाउन सके धेरै अपराध नियन्त्रण हुन्छन ।

वडाध्यक्ष शोभाकर तिम्सिनाले केन्द्रले सम्पादन गदै आएका कार्यहरु अनुकरणीय रहेको चर्चा गर्दै अपराधीहरु भनसुनका आधारमा छुट्न नहुनेमा उनको जोड थियो ।हेमजाका चार स्थानमा सिसिटिभी राख्ने योजनामा वडा कार्यालय रहेको पनि उनले जनाए।संचार साधनको दुरुपयोग बढ्दा हिजोआज सुरक्षा चुनौती थपिदै गएको उनले औँल्याएका थिए।

सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समितिका अध्यक्ष सोमनाथ बास्तोला, समन्वय समितिका निवर्तमान अध्यक्ष विष्णुबहादुर भट्टराईले द्वन्दको बेलामा पनि केन्द्रहरुले कार्य गरेको स्मरण गर्दै समाजमा लागुऔषध कर्तालाई निरुत्साहित गर्नुपर्नेमा जोड दिए।केन्द्रकी अध्यक्ष विष्णु बास्तोलाले लागुऔषध न्यूनीकरणमा केन्द्रले मुख्य ध्यान दिएको वताउदै यस कार्यमा सबैको साथसहयोग आवश्यक पर्ने बताइन् ।

सामुदायिक सेवा केन्द्र लेखनाथमा अध्यक्ष रमेश ओझा, सल्लाहकार धर्मराज बास्तोला, समाजसेवी भीमप्रसाद श्रेष्ठ लगायतले आफ्ना भनाई राखेका थिए । उनीहरुले विकृति विसंगति रहित समाज निर्माणमा सामुदायिक सेवा केन्द्रको भूमिका अग्रणी रहेको चर्चा गरे।मानिस यतिवेला गाँस, बास, कपास भन्दापनि शान्तिको खोजीमा भैतारीरहेको उनीहरुको तर्क थियो।
केन्द्रका सचिव दानबहादुर भुजेलले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन, सदस्य दुर्गाप्रसाद तिम्सिनाले प्रस्तुत गरेको वार्षिक आर्थिक प्रतिवेदन सर्वसम्मत पारित भएको थियो ।केन्द्रका अध्यक्ष बास्तोलाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष घनश्याम तिम्सिनाले स्वागत तथा संचालन केन्द्रका सचिव भुजेलले गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width