पोखरा पब्लिकमा हिज्जे

आदर्श समाज सम्वाददाता
श्रावण १६, २०७६
pokhara-public-school-slc-batch-2017-1

पोखरा, १६ साउन । पोखराको चाउथे स्थित पोखरा पब्लिक स्कुलमा अंग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयको वार्षिक कार्यतालिका अन्तर्गत आधारभूत तह (कक्षा ६ देखि कक्षा ८) बीच भएको प्रतियोगितामा भानुभक्त सदन प्रथम भएको छ ।

प्रतियोगितामा लक्ष्मीप्रसाद सदन द्वितीय भयो । प्रतियोगितामा विद्यालयका प्राचार्य कृष्ण केसीले अंग्रेजी भाषा वर्तमान परिप्रेक्ष्यमा अपरिहार्य भएकोले अंग्रेजी भाषाका भाषिक सीपको विकासमा लाग्न बालबालिकाहरुलाई आग्रह गरे । कार्यक्रम सहायक प्राचार्य विजय पौडेलको संयोजकत्वमा भएको थियो । कक्षा ७ का विद्यार्थी अभिनव जोशीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width