पर्वत, १६ साउन । विद्युत् चुहिएर आगालागी हुँदा ध्वस्त भएको पर्वतको एक सामुदायिक रेडियो डेढ महीनापछि सञ्चालनमा आएको छ । गत जेठ २८ गते आगलागीबाट पूर्णरूपमा क्षति भई बन्द भएको पर्वत जिल्लाको पहिलो सामुदायिक रेडियो ‘रेडियो पर्वत १०३.६ मेगाहर्ज’ बुधबारदेखि पुनः सञ्चालनमा आएको हो । विभिन्न क्षेत्रबाट आर्थिक सहयोग जुटाएर साविक स्थानबाट स्थानान्तरण गरी सञ्चालनमा ल्याइएको हो ।
फलेवास नगरपालिका वडा नं ५ खानीगाउँस्थित मोती सामुदायिक पुस्तकालय रहेको भवनमा रेडियोको नयाँ संरचना निर्माण गरी सम्पूर्ण प्रसारण सेवा सञ्चालन गरिएको स्टेशन म्यानेजर शङ्कर शर्माले जानकारी दिए । रेडियो पुनः प्रसारण शुभारम्भ कार्यक्रममा फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्माले सामुदायिक रेडियोले समाज रूपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै नगरपालिका रेडियोसँगै सहकार्य गरेर अगाडि बढ्ने बताए । पछिल्लो समय सञ्चारको महत्व बढ्दै गइरहेका बेला यस रेडियोले नगरका जनतालाई सुसूचित गराउन अहम् भूमिका निर्वाह गरेको शर्माले बताए । ।
फलेवास नगरपालिकाका उपप्रमुख मञ्जु अधिकारीले सञ्चारमाध्यम नगरको गहना र सम्पत्तिको रुपमा रहेको उल्लेख गर्दै यसलाई जोगाइराख्न नगरपालिकाले चौतर्फी सहयोग गर्दै जाने बताए । नगरपालिकाका प्रवक्ता टीकाराम गौडेलले सञ्चारमाध्यम कसैको दबाब र प्रभावमा नपरी सत्य, तथ्य, निष्पक्ष हुनुपर्ने बताए ।
रेडियो पुनःनिर्माणका लागि पर्वतको कुश्मा नगरपालिका–९ कटुवाचौपारी घर भई हाल अमेरिका रहनुभएका भीष्म अधिकारीले रु तीन लाख सहयोग गरेका थिए । रेडियो पुनःस्थापना गर्दा रु १५ लाख ५० हजार खर्च भएको स्टेशन म्यानेजर शर्माले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
नेपाल बार एसाेसिएसनको १५ औं सम्मेलन पोखरामा
तलबभत्तासहित वर्षदिनमा साढे १२ लाख रुपैयाँ सामाजिक सेवामा खर्चे सांसद विन्दु थापाले
बाढीले प्रदेशमा ३ अर्बको क्षति
पाेखराका हार्डवयर व्यवसायीद्वारा मुसहरवस्तीमा न्यानो कपडा वितरण
तनहुँमा पत्रकार महासंघका ६ पूर्वाध्यक्ष पुरस्कृत
hero news full width
मुख्य समाचार
विश्वभरी कोरोना सङ्क्रमितको संख्या दश करोड नाघ्यो
पाेखराका ४ अस्पतालसहित गण्डकीका ११ वटै जिल्लामा सुरु भयाे काेराेनाविरुद्ध खाेप अभियान
माघ १४, २०७७बाढी पहिरोमा क्षति पुगेका ५९० घर पुनःनिर्माण गरिने
माघ १४, २०७७गण्डकीमा १४ खोप केन्द्र, आजबाट सबै जिल्लामा लगाइने
माघ १४, २०७७कास्कीमा सुरू भयाे चुनावकाे तयारी
माघ १४, २०७७संसद विघटनविरुद्ध कांग्रेस झनै सशक्त
माघ १३, २०७७