‘रे पटम भरर’ सार्वजनिक

आदर्श समाज सम्वाददाता
श्रावण १६, २०७६
Re Patam Bharara, Teej Song

पोखरा । स्रष्टा लोकराज अधिकारीले यस वर्ष ‘रे पटम भरर’ बोलको नयाँ तीजे गीतको कोसेली प्रस्तुत गरेका छन् ।

आधुनिक र चलचित्र क्षेत्रमा सफल गीतकारको पहिचान बनाएका लोकराजले युट्युबमार्फत गीतको म्युजिक भिडियोलाई हालैमात्र सार्वजनिक गरेका हुन् । गीतमा लोकराजकै शब्द सिर्जना र लय संकलन छ ।

ऋतु कँडेलको स्वरमा सजिएको गीतमा गोविन्द मधुर आचार्यले संगीत संयोजन गरेका छन् । म्युजिक भिडियोमा श्रृष्टि खड्काको मुख्य अभिनय छ । प्रकाश भट्टले गीतको निर्देशन गरेका हुन् । राजेश घिमिरेले गीतको छायांकन गरेका छन् । साई भिजन प्रालिले निर्माण गरेको हो । विष्णु शर्माले यस म्युजिक भिडियोको सम्पादन गरेका छन् ।

स्रष्टा लोकराज दाङ जिल्लाबासी भएकाले उनको तीज गीतमा दाङ र दाङ आसपासमा चलेका भाकाहरुलाई समेट्ने प्रयास गरेको पाइन्छ । यस वर्ष लोकराज अधिकारीले चारवटा तीजे गीत तयार पारेका छन् । ऋतु कँडेलको स्वरमा ‘रे पटम भरर’ र पूर्णिमा लामाको स्वरमा रहेको ‘नाँच चेली’ सार्वजनिक भइसकेका छन् । मिना केसी र कोपिला गौतमले गाएका गीतहरु सार्वजनिक हुन बाँकी छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width