पोखरा, १५ साउन । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका सांसद योगेश भट्टराईले पर्यटन, नागरिक तथा उड्ययन मन्त्रीको सपथ लिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार पर्यटन, नागरिक तथा उड्ययन मन्त्री नियुक्त गरेका भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएका हुन् ।
तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको २०७५ फागुन १५ गते हेलिकप्टर दुर्घटनामा निधन भएपछि पर्यटन मन्त्रालय प्रधानमन्त्री आफैंले सम्हालेका थिए।तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री रवीन्द्र अधिकारीको गत फागुन १५ गते ताप्लेजुङको पाथीभरामा हेलिकोप्टर दुर्घटनामा निधन भएपछि सो मन्त्रालय प्रधानमन्त्री केपी ओली आफैँसँग राख्दै आएका थिए।
यसका अलाका नेकपाले काम नगर्ने अधिकाशं मन्त्रीलाई हटाएर नयाँ मन्त्री समेत तयारी नेकपाले गरिरहेको छ । नेकपाका दुई अध्यक्षको विदेश भ्रमण सम्पन्न भएपछि सम्भवत मन्त्री परिवर्तन हुने सम्भावना रहेको छ ।
प्रधानमन्त्री ओलीका आलोचकका रुपमा रहेका भट्टराईलाई मन्त्री बनाउन वनाइएको छ । भट्टराईलाई मन्त्री बनाउनुअधि प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता माधवकुमार नेपालसँग समेत छलफल गरेका थिए। योगेश माधव नेपाल पक्षीय नेता मानिन्छन् ।
केपी ओलीले बुधबार दिउँसो नेता भट्टराईलाई बोलाएर पर्यटन मनत्रालयको जिम्मेवारी लिन आग्रह गरेका थिए। प्रधानमन्त्री ओलीले निर्वाचनको बेला भट्टराईको निर्वाचन क्षेत्रमा पुगरे मतदातालाई सम्बोधन गर्दै भोट दिएर जिताइदिए मन्त्री बनाइदिने प्रतिवद्धता समेत व्यक्त गरेका थिए।
Related News
सम्बन्धित समाचार
विश्वभरी कोरोना सङ्क्रमितको संख्या दश करोड नाघ्यो
नेपाल बार एसाेसिएसनको १५ औं सम्मेलन पोखरामा
तलबभत्तासहित वर्षदिनमा साढे १२ लाख रुपैयाँ सामाजिक सेवामा खर्चे सांसद विन्दु थापाले
पाेखराका ४ अस्पतालसहित गण्डकीका ११ वटै जिल्लामा सुरु भयाे काेराेनाविरुद्ध खाेप अभियान
बाढी पहिरोमा क्षति पुगेका ५९० घर पुनःनिर्माण गरिने
hero news full width
मुख्य समाचार
गण्डकीमा १४ खोप केन्द्र, आजबाट सबै जिल्लामा लगाइने
बाढीले प्रदेशमा ३ अर्बको क्षति
माघ १४, २०७७कास्कीमा सुरू भयाे चुनावकाे तयारी
माघ १४, २०७७संसद विघटनविरुद्ध कांग्रेस झनै सशक्त
माघ १३, २०७७नेकपाका अध्यक्षद्वयलाई निर्वाचन आयोगले भन्याे : एकता महाधिवेशनअघि कसैले कसैलाई हटाउन सक्दैन
माघ १३, २०७७काेराेनाविरुद्धकाे खाेपका लागि देशभर ६२ अस्पतालमा १ सय २० खोप केन्द्र
माघ १३, २०७७