दमकल मार्फत खानेपानी वितरण

आदर्श समाज सम्वाददाता
श्रावण १५, २०७६
IMG_2057

म्याग्दी, १५ साउन । बेनी –जोमसोम –कोरला सडक आयोजना अन्तर्गत चमेरे बैसरी सडक खण्ड निर्माण क्रममा खानेपानीको पाइप फुटेपछि बेनी बजारमा पानीको हाहाकार भएको छ ।

पानी अभावसँगै नगरपालिकाकाले ट्याङकर मार्फत खानेपानी वितरण गरेको छ । बेनी बजारमा खानेपानी समस्यालाई हटाउन बेनी नगरपालिकाले बुधबार पालिकाको दमकल मार्फत खानेपानी वितरण गरेको हो ।

ठेकेदारको लापरबाहीले खानेपानीको हाहाकार मच्चएपछि बजारबासी र वडाका जनप्रतिनिधिको आग्रहमा नगरपालिका मेयर हरिकुमार श्रेष्ठले दमकल मार्फत खानेपनी वितरणको व्यवस्था मिलाएका हुन् ।

खानेपानी मुहान खनिया घाटबाट पानी ल्याएर बुधबार बेनी बजारको कालिपुुल ,पिपलचोक र शिक्षा मार्गमा वितरण गरिएको छ । ‘बजारबासी र हामी वडाका जनप्रतिनिधिको आग्रहमा नगरपालिका मेयर श्रेष्ठको निर्देशनमा बजार बासीलाई दमकल मार्फत खानेपानी व्यवस्था मिलाइएको हो,सदस्य भण्डारीले भने । खानेपानी आयोजना मर्मत नहुँदासम्म बजारबासीलाई विकल्पको रुपमा दमकल मार्फत भएपनि खानेपानीको व्यवस्था मिलाइने मेयर श्रेष्ठले भने ।’

यता बेनी खानेपानी उपभोत्ता संस्थाका अध्यक्ष सुवासकुमार श्रेष्ठले सडक निर्माणको क्रममा डोजरले पाइपलाइन फुटाउँदा दैनिकजसो खानेपानी आपुर्ति अवरुद्ध हुने गरेको बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width