पर्यावरण जोगाउन बृक्षरोपण अभियान

आदर्श समाज सम्वाददाता
श्रावण १५, २०७६
lions image

पोखरा, १५ साउन । नेपाल सरकारले यस आर्थिक वर्षमा ५० लाख बिरुवा रोप्ने कार्यक्रम तय गरेको छ ।

सरकारको अभियानलाइृ सहयोग गर्दै लायन्स क्लब अफ पोखरा पिस टाउनले बृक्षरोपण कार्यक्रम गरेकोे छ । पोखरा–११ कार्कीडाडा स्थित जयकोट सामुदायिक वन परिसरमा मंगलवार बिभिन्न जातका १ सय बढ़ी बिरुवा रोपिएको हो ।

नेपाल सरकारका उपसचिव जिल्ला वन कार्यालय तनहुँका प्रमुख केदार बरालले संयोजक सृजना बराललाई चेरीको बिरुवा हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए । प्रमुख अतिथि बरालले ‘वातावरण असन्तुलनका कारण हामी दैवी प्रकोपको सामना गर्न बाध्य छौें’ उनले भने –वातावरण संरक्षण गर्न सक्यौं भने मात्र हामी पनि सुरक्षित हुन्छौं ।’ डिएफओ बरालले स्थानीय आमा समूह र टोल बिकास संस्थाका अध्यक्ष एवं प्रतिनिधिलाई वातावरण संरक्षणका जानकारी गराएका थिए ।

लायन्स डिष्ट्रिक्ट ३२५ बी १ नेपालका क्याविनेट सेक्रेटरी बिनोद ढुंगानाले बृक्षारोपण गर्नु मात्र नभई यस्को संरक्षणमा लाग्न आग्रह गरे । यस सामुदायिक वनमा कटहर, चेरी, रुद्राक्ष, अशोका, तेजपत्ता, लप्सी, कोइरालो, पारीजात, बडहर, लगायतका करिब १ सय बिरूवा रोपिएका छन् ।

लायन्स क्लब अफ पोखरा पिस टाउनका अध्यक्ष गीता थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जयकोट सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष शिवबहादुर कार्की, कार्यक्रम संयोजक सृजना बराल लगायत स्थानीय आमा समूह र टोल बिकास संस्थाका प्रतिनिधि उपस्थित थिए ।

Related News

सम्बन्धित समाचार

  • जिल्ला अध्यक्षमा हारेका अधिकारी मुख्य न्यायाधिवक्ता

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । मन्त्रिपरिषद्को बैठकले गण्डकीको मुख्य न्यायाधिवक्तामा लमजुङका कृष्ण अधिकारीलाई नियुक्त गरेको छ । एमाले लमजुङ अध्यक्षमा पराजित अधिकारीलाई मुख्यमन्त्रीको सिफारिसमा…
  • ३२ युनिट रगत संकलन

    आदर्श समाज सम्वाददाता चैत्र २०, २०८०
    पोखरा । लायन्स क्लब अफ पोखरा अर्पण, आदर्श र महिमा बचत तथा ऋण सहकारी सस्था लिमिटेडको संयुक्त आयोजनामा मंगलबार लामाचौरचोकमा…
  • लायन्स पोखरा फर्निसिङको अध्यक्षमा गोविन्द शर्मा

    आदर्श समाज सम्वाददाता चैत्र १८, २०८०
    पोखरा । लायन्स क्लब अफ पोखरा फर्निसिङको अध्यक्षमा गोविन्द शर्मा निर्वाचित भएका छन् । क्लबको दोस्रो अधिवेशनबाट वर्ष २०२४/२५ का…
  • लायन्स आदर्श चौतारीमा सूर्य पोख्रेल

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०८०
    पोखरा । लायन्स क्लब अफ पोखरा आदर्श चौतारीको वर्ष २०२४÷२५ का लागि अध्यक्षमा सूर्य पोख्रेल चयन भएका छन् । शनिबार…
  • लायन्स अन्नपूर्णमा गणेश छवि

    आदर्श समाज सम्वाददाता चैत्र १२, २०८०
    पोखरा । लायन्स क्लब अफ पोखरा अन्नपूर्णमा वर्ष २०२४/२५ का लागि गणेशलाल श्रेष्ठ ‘छवि’ सर्वसम्मत अध्यक्ष चुनिएका छन् । प्रथम…

hero news full width