पर्यटन मन्त्रीमा योगेश भट्टराई नियुक्त

आदर्श समाज सम्वाददाता
श्रावण १५, २०७६
yogesh-Bhattarai–792×528

पोखरा, १५ साउन । नेकपाका युवा नेता योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री नियुक्त भएका छन् ।

भट्टराईले बुधवार दिउसो चार बजे नै मन्त्रीपदको सपथ लिने बताइएको छ । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री रवीन्द्र अधिकारीको गत फागुन १५ गते ताप्लेजुङको पाथीभरा हेलिकोप्टर दुर्घटनामा निधन भएपछि सो मन्त्रालय प्रधानमन्त्री केपी ओली आफैँसँग राख्दै आएका थिए। प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालले ४ बजे पर्यटन शपथ रहेको जानकारी दिए ।

यसका अलाका नेकपाले काम नगर्ने अधिकाशं मन्त्रीलाई हटाएर नयाँ मन्त्री समेत तयारी गरिरहेको छ । नेकपाका दुई अध्यक्षको विदेश भ्रमण सम्पन्न भएपछि सम्भवत मन्त्री परिवर्तन हुने सम्भावना रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्ने भएका छन् ।

प्रधानमन्त्री ओलीका आलोचकका रुपमा रहेका भट्टराईलाई मन्त्री बनाउन लागिएको हो। भट्टराईलाई मन्त्री बनाउनुअधि प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता माधवकुमार नेपालसँग समेत छलफल गरेका थिए।

केपी ओलीले बुधबार दिउँसो नेता भट्टराईलाई बोलाएर पर्यटन मनत्रालयको जिम्मेवारी लिन आग्रह गरेका थिए। प्रधानमन्त्री ओलीले निर्वाचनको बेला भट्टराईको निर्वाचन क्षेत्रमा पुगरे मतदातालाई सम्बोधन गर्दै भोट दिएर जिताइदिए मन्त्री बनाइदिने प्रतिवद्धता समेत व्यक्त गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width