१ करोड ५९ लाख राजस्व संकलन

आदर्श समाज सम्वाददाता
श्रावण १५, २०७६
myagdi-gharelu-tatha-sana-udhog-bikash-samitee

तनहुँ, १५ साउन । घरेलु तथा साना उद्योग विकास समिति तनहुँले ११ सय ३५ उद्योग आर्थिक वर्ष २०७५/७६ मा दर्ता गरेको र घरेलु उद्योगका लागि १ अर्ब ७ करोड ३८ लाख ७५ हजार लगानी गरेको छ ।

घरेलु कार्यलयले ५ हजार ५ सय ८६ उद्योग दर्ताबापत यस आर्थिक बर्षमा १ करोड ५९ लाख३० हजार४ सय ७२ राजश्व समेत संकलन गरेको छ । घरेलु तथा साना उधोग समिति तनहुँका अनुसार जिल्लामा दर्ता भएका घरेलु उधोग मध्ये १ सय ४६ लघु उद्योगदर्ता भएका मध्ये ७ सय ३० उद्योग नविकरण,६७ उद्योगले नामसारी ,६० उधोगले लगतकट्टा गरेका छन्।वन  तथा कृषिजन्य उधोगमा धरेलुले ५३ करोड २० लाख १८ हजार पुँजी लगानी गरेको छ ।

यस वर्षको तथ्यांकमा ३ हजार२ सय७९ जना युवा र युवतीहरुले रोजगार पाएका छन् जसमा १ हजार २ सय३२ जना उद्यमीहरु वनेका छन् । पशुपालन,पंक्षिपालन,माछापालन र कृषि व्यवसायमा युवाहरुको आकर्षण देखिएको छ भने जडीबुटी ,कृषि र उद्योग व्यवसायमा सम्लग्नता वढेको छ । उद्योगबाट वार्षिक १ अर्ब ४१ करोड २ लाख २१ हजार ९ सय२० रुपैयाँ घरयासी मालसामान उत्पादन भएको घरेलु तथा साना उधोग विकास समितिको कार्यलय तनहुँले जनाएको छ।

Related News

सम्बन्धित समाचार

    • खोप उपलब्ध गराउन व्यवसायीको माग

      आदर्श समाज सम्वाददाता श्रावण १३, २०७८
      पोखरा । पोखराका उद्योग व्यवसायीले आफूहरुलाई कोरोना खोपको प्राथमिकतामा राख्न माग गरेका छन् । पोखरा उद्योग वाणिज्य संघले प्रदेशका मुख्यमन्त्रीलाई…
    • पोखरामा कुशाकको बुकिङ खुला

      आदर्श समाज सम्वाददाता श्रावण १३, २०७८
      जर्मनी प्रविधिको स्कोडा गाडीको लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता एस.एस.एल. मोटर्स बनेको छ । स्कोडाको लागि नेपालको आधिकारिक वितरक एमएडब्ल्यु…
    • मुक्तिनाथले ल्यायो मासिक व्याजको खाता

      आदर्श समाज सम्वाददाता श्रावण १२, २०७८
      पोखरा । मुक्तिनाथ विकास बैंकले निक्षेपकर्तालाई अत्यन्त लाभदायी र बचत खातामध्ये सर्वाधिक ब्याजदर प्रदान गर्ने तथा मासिक व्याज आर्जन हुने…
    • अण्डाको मूल्य हालसम्मकै उच्च

      रासस श्रावण ११, २०७८
      चितवन । कोरोना सङ्क्रमणसँगै जारी भएको निषेधाज्ञामा नोक्सान बेहोरेका पोल्ट्री व्यवसायीले राहत महसुस गर्न थालेका छन् । कुखुराजन्य क्षेत्रका सबै…
    • ५७८ निसान म्याग्नाइट बिक्री

      आदर्श समाज सम्वाददाता श्रावण ५, २०७८
      पोखरा । नेपालका लागि निसान र ड्याटसनको आधिकारिक बिक्रेता पायोनियर मोटोपर्कले ५ सय ७८ वटा निसान म्याग्नाइट हस्तान्तरण गरेको छ ।…

    hero news full width

    Gandaki University

    sanil ads

    wordlink ads