मिडिया काउन्सिल विधेयकले जिम्मेवार पत्रकारिताको विकास गर्छ –पौडेल

आदर्श समाज सम्वाददाता
श्रावण १५, २०७६
baglung_kalika_temple

बागलुङ, १५ साउन । कालिका भगवती गुठी ब्यबस्थापन समितिले कालिका पत्रकारिता पुरस्कारबाट बागलुङका दुई पत्रकारलाई सम्मान गरेको छ ।

धार्मिक पर्यटनको क्षेत्रमा कालिका भगवती मन्दिरको बारेमा कलम चलाउने एभिन्यूज खबरका बागलुङ सम्वाददाता राजेशचन्द्र राजभण्डारी र नागरिक दैनिकका पत्रकार संगम घर्तीलाई कालिका पत्रकारिता पुरस्कार २०७५ बाट नगद ७ हजार ५ सय रुपैयाँ सहित प्रमाणपत्रले सम्मान गरिएको हो ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता तथा संघीय सांसद देवेन्द्र पौडेलले कालिका भगवती मन्दिरमा धार्मिक पर्यटकको घुइचो लाग्ने गरेकाले मन्दिरले धार्मिक पर्यटकीय क्षेत्रमा उल्लेख्य योगदान पुर्याएको बताए ।

मनकामना मन्दिर जत्तिकै प्रचारप्रसार भएको छ यसलाई सकारात्मक रूपमा प्रचारप्रसार गर्न सक्यौं भने बागलुङ कालिका, पन्चकोट, गुप्तेश्वर, गलेश्वर लगायतका क्षेत्र धार्मिक पर्यटन केन्द्र बन्ने पौडेलले बताए ।

अहिले राजनीतिमा कुन नेताले कति वर्ष जेल बस्यो त्यो कुरा प्रमुख हैन त्यसको समीक्षा छुट्टै होला अबको काम भनकोे बिकास र समृद्धि नै हो पौडेलले भने– देशमा कुनै पनि अधिनायकवाद आउन सक्दैन् ।मिडिया काउन्सिल बिधेयकले पत्रकारिता क्षेत्रलाई नकारात्मक प्रभाव पार्दैन बरु पत्रकारलाई जिम्मेवार पत्रकारिता गर्न प्रेरित गर्छ उनले भने ।
नेपाल कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज वलावती शर्मा, नेपाली कांग्रेसका जिल्ला अध्यक्ष दीपेन्द्रबहादुर थापा, नेपाल पत्रकार महासंघका जिल्ला कोषाध्यक्ष बिजय राना पुरस्कृत पत्रकार राजेशचन्द्र राजभण्डारी लगायतले पत्रकारिता निश्पक्ष र निर्भिक हुनुपर्ने धारणा राखेका थिए ।

पत्रकारिताको क्षेत्रमा योगदान पु¥याउने काम गरेको भन्दै पर्वतका पत्रकार प्रनेश गिरी, अगन्धर तिवारी र टिभी अन्नपूर्णलाई सम्मान गरिएको थियो ।
कार्यक्रमको अध्यक्षता गुठीका अध्यक्ष राजु खड्का, समितिका सदस्य नारायणले आचार्य स्वागत र कार्यक्रम संचालन समितिका कोषाध्यक्ष निशान खड्काले गरेका थिए । कालिका भगवती गुठीले हरेक बर्ष दुई जना पत्रकारलाई पुरस्कृत गर्दै आएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width