केहिबेर अगाडि पोखराका नेवारी समुदाय रहेका टोलहरुमा आफुलाई दुःख दिने भूतप्रेत, राक्षस लगायतका दानवहरुको नास होस् भन्दै घण्टाकर्णको पुत्लाहरु जलाएर घण्टाकर्ण पर्व मनाइएको थियो । तयामचा नाच समित र गोपालजी भजन समूहको आयोजनामा रानीपौवाबाट लगिएको घण्टाकर्णको पुत्लालई महेन्द्रपुल स्थित शोभा भगवती मन्दिरबाट घुमाएर पुरनधाराको नहरमा लगाएर जलाइएको थियो । रानीपौवा बाहेक भिमनसेनटोलमा पनि यो पर्व मनाइयो । तायमचा नाच समितिका उपाध्यक्ष रमेश कर्माचार्यले सुनाएको किवदन्ती अनुसार परापूर्वकालमा घण्टाकर्ण नामक राक्षसले स्थानीय समुदायलाई मारेर दुःख दिने काम गर्दथ्यो ।
स्थानीयहरुले घण्टाकर्ण राक्षसलाई केही गर्न नसकेपछि भ्यागुताको एक प्रतिकले उसलाई झुक्काएर पोखरीसम्म लगेछ । सानो आकारको उक्त भ्यागुताको प्रतिकले राक्षसलाई म सानो भए पनि तैंले मलाई केही गर्न सक्दैनस् भनेपछि घण्टाकर्ण रिसाएर उसलाई पछ्याएको थियो । हाम्फाल्दै भ्यागुता दलदलतिर गएपछि राक्षस पनि उसलाई पछ्याउँदा ऊ दलदलमा गडेर बाहिर निस्किन सकेन । त्यसपछि स्थानीयले ढुंगा तथा लाठीले हानेर उसलाई मारेका थिए । नरभक्षी घण्टाकर्णलाई मारेपछि त्यसैको खुसीयालीमा यो पर्व साउन कृष्ण चतुर्दशीका दिन मनाइँदै आइएको हो । यो पर्व लिच्छवीकालदेखि मनाइँदै आएको इतिहास छ ।
यस्तै आजकै दिन नेवार समुदायले भूतप्रेतले कष्ट नदिओस् भनेर घरको बाहिर फलामको किल्ला ठोक्ने तथा फलामको औंठी समेत लगाउने परम्परा रहेको छ यद्यपी किला ठोक्ने र औंठी लगाउने चलन भने काठमाण्डौ उपत्यकामा मात्र रहेको तायमचा नाच समितिक उपाध्यक्ष रमेश कर्माचार्यले बताए । उनका अनुसार कुनै पनि मानव वा प्राणीको २ वटा अथवा ४ वटा खुट्टा हुन्छ भने घण्टाकर्ण राक्षसको भने ३ वटा खुट्टा रहेको हुन्छ । पुत्लामा पनि ३ वटा खुट्टा थियो । यस्तै घण्टाकर्ण नर हो वा नारी भन्नेमा पनि विवाद रहेको छ । घण्टाकर्णलाई दलदलमा मारिएको हुँदा पुत्लालाई पनि तलाउ रहेको आसपास जलाउने गरिन्छ ।
पुत्लालाई जलाएपछि पुत्लाको खरानीमाथि ढुंगाले प्रहार गएिको थियो । पुत्ला जलाएर आएपछि रानीपावौमा मलामीहरुले समयबजी खाएपछि घण्टाकर्ण पर्वको अन्त्य भएको थियो ।
आजैको दिनबाट नेवारहरुको विभिन्न जात्राहरु शुरु हुन्छ भने गाई जात्राको तैयारीको लागि नाच पनि सिक्न थालिन्छ । निकै पहिला यो पर्वको दिन बाटोमा उन्युको डोरीले सडक छेकेर रकम संकल्न गरिन्थ्यो । अहिले भने सवारी साधानको चापले उक्त परम्परा भने हराएको छ । पुत्लाको टोल परिक्रमा गर्नु अगाडि संकलन गरिने भेटीको सबै रकम पुत्लामा दागबत्ति दिनेलाई दिइने चलन रहेको छ ।
Related News
सम्बन्धित समाचार
पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी
प्रकट पगेनी ‘शिव’ को निधन
नयाँ वर्षमा एगाको सहयोग
दरौंखोला समाजको भित्तेपात्रो
भुलभुला देवीमा ट्रस्ट भवन उद्घाटन
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित
चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति
वैशाख ७, २०८१पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
वैशाख ६, २०८१सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
वैशाख ६, २०८१प्रेमील गजलकारको भावपूर्ण बिदाइ
वैशाख ५, २०८१अधिवेशन आह्वानप्रति कांग्रेसको आपत्ति, द्वन्द्व निम्तिन सक्ने चेतावनी
वैशाख ५, २०८१