‘पाल्पा दरवार संग्रहालय व्यवस्थित बनाउ’

आदर्श समाज सम्वाददाता
श्रावण १४, २०७६
palpa darbar photo

पाल्पा १४, साउन । जिल्लास्थित पाल्पा संग्रहालय राष्ट्रियता र पाल्पाली पहिचानसँग जोडिएकोले व्यवस्थित बनाउन एक कार्यक्रमका सहभागीले सुझाव दिएका छन् ।

कार्यक्रमका सहभागीले सिंगो नेपालको संस्कृतिको विम्बको रूपमा पाल्पा दरवार रहेकोले यसको सौन्दर्यकरणमा नीतिगत रूपमा कार्यक्रम बनाइ लाग्नुपर्ने जोड दिएका हुन् ।
तानसेनमा आयोजित सर्वपक्षीय छलफल कार्यक्रमका सहभागीहरूले प्रदेशस्तरीय संग्रहालयका रूपमा स्थापित पाल्पा दरवार संग्रहालय परिसरमा अन्य कुनै पनि भवन तथा कार्यालयहरू खोल्न नहुनेमा जोड दिए । उनीहरूले दरवार परिसरलाई हराभरा बनाउनका लागि पूर्वाधार विस्तारले अवरोध पुयार्उने औंल्याए ।

प्रदेश सांसद वसन्त घर्तीले संग्रहालय पाल्पाको मात्र नभई सिंगो नेपालको गहना भएकोले संग्रहालयमा विभिन्न धर्म सम्प्रदायका पहिचान झल्किने सामग्रीहरू समावेश गरिनुपर्ने बताए । यस्तै अर्का प्रदेश सांसद पुरनमान बज्राचार्यले संग्राहलयमा प्रदेशस्तरमा पहिचान झल्किने सामग्री समावेश गर्नुपर्ने बताए ।

कार्यक्रममा नेकपाका नेताहरू राधाकृष्ण कंडेल, धनेन्द्रराज घिमिरे, यादवबहादुर रायमाझी, नेपाली काँग्रेसका देवराज ढकाल, राप्रपाका केन्द्रीय सदस्य डुलबहादुर कुँवर, जनमोर्चाका विशाल दर्लामी, जिल्ला समन्वय समितिका प्रमुख दयाराज बस्यालले दरवार संग्रहालयलाई संग्रहालयकै रूपमा व्यवस्थित गर्नुपर्नेमा जोड दिएका थिए ।
तानसेन नगरपालिका प्रमुख अशोककुमार शाही, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठ, व्यापार संघका अध्यक्ष चिरञ्जीवी पोख्रेल, संस्कृतिकर्मी एवम् बुद्धिजीबी निर्मल श्रेष्ठ लगायतले पाल्पा दरवार संग्रहालयलाई प्रदेशले हेर्ने निर्णय भएपनि प्रदेशको कुन मन्त्रालयमा राख्ने र हेर्ने विषयमा टुंगो नलागिसकेकोले प्रदेशबाट नीतिगत रूपमा टुंगो लगाउन आग्रह गरेको जिल्ला प्रशासन कार्यालय सूचना अधिकारी होमबहादुर पाण्डेले जानकारी दिए ।

संग्रहालयको गणतन्त्र दिवसको अवसरमा औपचारिक रूपमा शुभारम्भ गरिएको थियो । माओवादी जनयुद्धका बेला २०६२ माघ १८ गते ध्वस्त पारिएपछि दरवार पुनःनिर्माणगरी पाल्पा दरवार संग्रहालयको रूपमा सञ्चालनमा आएको हो । संग्रहालय परिसरमा हाल नेपाल विद्युत प्राधिकरण, जिल्ला प्रहरी कार्यालय, राष्ट्रिय अनुसन्धानको कार्यालय, नेपाल टेलिकम, नेपाल बाल संगठन लगायतका संघ संस्थाहरू रहेका छन् । वि.सं. १९८० मा प्रताप शमशेरले निर्माण गरेको पाल्पा दरवार २०६२ माघ १८ गते तत्कालिन माओवादी जनयुद्धको क्रममा जलेर ध्वस्त भएको थियो ।

हाल संग्रहालय प्रवेशको लागि टिकटको व्यवस्था गरिएको छ । संग्रहालय प्रवेशको लागि विद्यार्थीलाई ५ रुपैंया, स्वदेशी नागरिकको लागि १५ रुपैंयाँ सार्क देशका नागरिकका लागि ५० र विदेशी नागरिकका लागि १ सय कायम गरिएको छ ।

Related News

सम्बन्धित समाचार

  • छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको…
  • सबीको अपरिभाषित आभा लोकार्पित

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    काठमाडौं । मुक्तक साधनामा २ दशकदेखि क्रियाशील सबी श्रेष्ठको कृति ‘अपरिभाषित आभा’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । आवरण प्रकाशनले…
  • छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको…
  • सिर्जनशीलमा दार्शनिक ज्ञानको प्रबोधीकरण

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखरामा शनिबार कवि शिरोमणि लेखनाथ पौड्यालका काव्यमा अद्वैत वेदान्त दर्शन शीर्षकको अनुसन्धानमा केन्द्रित रही प्रबोधीकरण…
  • सबीको अपरिभाषित आभा लोकार्पित

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    काठमाडौं । मुक्तक साधनामा २ दसकदेखि क्रियाशील सबी श्रेष्ठको कृति ‘अपरिभाषित आभा’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । आवरण प्रकाशनले…

hero news full width