पाल्पा १४, श्रावण । जिल्लाको रिब्दीकोट गाउँपालिकाद्वारा आयोजित सार्वजनिक सुनुवाइमा सहभागीले सबै राजनीतिक दलसँग समन्वय गरी विकास योजना अगाडि बढाउन आग्रह गरेका छन् ।
कार्यक्रममा उपस्थित अधिकांश सहभागीले उपभोक्ता समिति गठन र कुनै पनि काम गर्ने क्रममा प्रतिपक्षीलाई सहभागी नगराएको प्रति आपत्ति प्रकट गरे । योजना र उपभोक्ता समितिमा आफ्नै मान्छेमात्र राखेको आरोप प्रतिपक्षीहरुको छ ।
गाउँपालिका उपाध्यक्ष लक्ष्मी खनालले उठेका प्रश्नमा उपभोक्ता समितिमा सहभागिता, अनुगमनमा समावेश गर्नुपर्ने, महिला क्षेत्रमा सम्पादन गरिएका विषयका जानकारी राखिएको जनाइन । उनले न्यायिक समितिमा गत आ.व.मा २९ वटा दर्ता भएका मुद्दाहरूमा २७ किनारा लागिसकेको जानकारी दिइन ।
कार्यक्रममा सहभागीले प्रतिपक्षको भूमिकालाई सत्ता पक्षले स्थान नदिएको आरोप लगाउँदै, विकास निर्माणका काममा सबै पक्षको सहभागिता आवश्यक हुने बताएको स्रोतले जनाएको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा वडा कार्यालयका अध्यक्ष, सञ्चारकर्मी र स्थानीयले सार्वजनिक सुनुवाई कार्यक्रमले कार्यसम्पादन व्यवस्थापनमा निखारता आउनेमा जोड दिएका थिए ।
Related News
सम्बन्धित समाचार
कास्कीमा सुरू भयाे चुनावकाे तयारी
संसद विघटनविरुद्ध कांग्रेस झनै सशक्त
नेकपाका अध्यक्षद्वयलाई निर्वाचन आयोगले भन्याे : एकता महाधिवेशनअघि कसैले कसैलाई हटाउन सक्दैन
नेकपा विभाजनलाई निर्वाचन आयोगले मान्यता दिएन
प्रतिनिधिसभा विघटन संविधानसम्मत कि गैरसंवैधानिक ?
hero news full width
मुख्य समाचार
गण्डकीमा १४ खोप केन्द्र, आजबाट सबै जिल्लामा लगाइने
बाढीले प्रदेशमा ३ अर्बको क्षति
माघ १४, २०७७काेराेनाविरुद्धकाे खाेपका लागि देशभर ६२ अस्पतालमा १ सय २० खोप केन्द्र
माघ १३, २०७७सिनेमा संवाद @ घान्द्रुक
माघ १३, २०७७सातै प्रदेशमा पुग्यो कोरोनाको खोप, पहिलो डोज भोलि
माघ १३, २०७७नरोऊ मायालु…
माघ १३, २०७७