तनहुँ, १४ साउन । तनहुँ भानुनगरपालिका–९ पाथर्दीका एक युवकले बोकालाई ३ लाख ५० हजार रुपैयाँमा बिक्री गरेका छन् ।
अफ्रिकन मुलुकमा पाइने वोयर जातको उक्त बोकालाई सोही स्थान निवासी शिवबहादुर आलेले पुन लाइभस्टक गोट फार्मका प्रोपाइटर सोमबहादुर पुनलाई बिक्री गरेको भानुनगरपालिका –९ रिठ्ठा भन्ज्याङका स्थानीय खिमबहादुर थापाले जानकारी दिए ।
इजरायल स्थित साना किसान विकास बैंक मार्फत आधुनिक कृषि सम्वन्धी–११ महिने तालिम लिएर गाउँमा फर्केका आलेले बाख्रा पालनबाट मनग्य आम्दानी गर्दै आएका छन् । मेहनत गरे आफनै देशमा हिरा फलाउन सकिन्छ, विदेशमा पसिना वगाउनुको सट्टा स्वदेशमै श्रम र सीपलाई खर्चन सके सम्मृद्धि र कृषि क्षेत्रको विकास द्रुत गतिमा हुन सक्ने आले बताउछन् ।
ओभरसियरको पढाइ पूरागरी व्यवसायिक कृषि फार्म संचालन गर्दै आएका आलेको सिर्जनशील वाख्रा फार्ममा वोयर जातिका ६० वटा बाख्राका माउ र पाठा–पाठी छन् । यसैगरी भानुनगरपालिका–९ जौपानी निवासी २९ वर्षीय आशीष पुरीले १९ लाखको लगानीमा वन्दिपुर स्थित बाख्रा फार्मबाट ८३ वटा विभिन्न जात–जातीका बाख्रा र पाठापाठी खरिद गरी व्यवसाय शुरु गरेको बताए । एक वोडिङ स्कूलमा गणित र विज्ञान विषयका शिक्षक समेत रहेका पुरी अध्यापन पेसा छोडेर बाख्रापालन व्यवसायमा लागेका छन् ।
मुख्यमन्त्री वातावरण मैत्री नमूना कृषि गाउँको रुपमा छनौट भएको पाथर्दीलाई बोयर जातकोे वाख्राको मुख्य क्षेत्रमानिनुका साथै ६८ घरधुरी मध्य ६० घरधुरीले बाख्रा पालन व्यवसाय शुरुगरेको र अफ्रिकी भन्दा अष्ट्रेलियन बोयर बोकामा वोसो रहितको मासु हुने भएकाले स्वास्थ्यका दृष्टीले लाभदायक हुने भएकाले कृषकको आकर्षण ती जातका बाख्रातर्फ वढेका भानुनगरपालिका–९ का वडाध्यक्ष इमान थापाले जानकारी दिए।
Related News
सम्बन्धित समाचार
भुवनेश्वर तिवारी, राजेन्द्रबाबु रेग्मीसहित १६ डिएसपी एसपी बढुवा सिफारिस – सूचीसहित
पर्वतको पाङमा रहेको पार्वती गुफामा पूर्वाधार निर्माण सुरु
पोखरामा प्रथम टाइगर कप भलिबल प्रतियोगिता हुने
भाडाका घरमा गाउँका ‘सिंहदरबार’
गण्डकीमा आयो कोरोना खोप
hero news full width
मुख्य समाचार
नेकपा विभाजनलाई निर्वाचन आयोगले मान्यता दिएन
फेदीखाेलामा गुरुङ भाषाका आदिकविकाे सालिक अनावरण
माघ ११, २०७७गुरुङ फिल्म अब नियमित रुपमा चलचित्र हलमा प्रदर्शन गरिने
माघ ११, २०७७गाउँमै रोजगारी : परिवारमा खुशीयाली
माघ ११, २०७७विकास खर्च तीन वर्षयताकै कम
माघ ११, २०७७हिउँ नपर्दा चिन्तामा किसान
माघ ११, २०७७