मस्र्याङदीमा शव फेला

आदर्श समाज सम्वाददाता
श्रावण १४, २०७६
Nepal07

तनहुँ १४ साउन । बन्दिपुर गाउँपालिका–४ नयाँ पुलस्थित मस्र्याङ्दी नदी किनारमा मंगलवार दिउसो एक पुरुषको शव फेला परेको छ।

मस्र्याङ्दी नदीको किनारमा फेला परेको शवको नामथर भने खुलेको छैन । अन्दाजी ४०/४५ वर्षको जस्तो देखिने पुरुष व्यक्तिको शव नदीमा दाउरा–मुढा खोज्न जाने क्रममा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

पानीमो तैरिएको अवस्थामा फेला परेको उक्त शव गलेर पहिचान गर्न नसब्क्ने अवस्थामा रहेको तनहुँका प्रहरी प्रमुख एवं एस्पी विनोद सिलवालले बताए । शवको प्रकृति हेर्दा एक हप्ता अघि ती व्यक्तिलाई वगाएर ल्याएको हुनसक्ने र घटनाको बारेमा प्रहरीले थप अनुसन्धान अगाडि वढाइएको प्रहरी प्रमुख सिलवालले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width