ट्रेड युनियन खारेज गर्नुपर्छ –मुख्यमन्त्री गुरुङ

आदर्श समाज सम्वाददाता
श्रावण १४, २०७६
photo 14

पोखरा १४ साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कर्मचारीतन्त्रको कार्यशैली बदलिन आवश्यक रहेको बताएका छन ।

देशको शासन व्यवास्था र शैली बदलिए पनि कर्मचारीतन्त्र अझै पुरानै ढाँचामा चल्दा सरकारले नतिजा दिन नसकेको बताएका छन् । भूमि व्यवास्था, कृषि तथा सहकारी मन्त्रालय अन्र्तगत सहकारी रजिष्टार कार्यलायको मंगलवार पोखरामा उदघाटन गर्दै मुख्यमन्त्री गुरुङले पार्टीगत ट्रेड युनियन खारेज गर्ने समय आएको समेत बताए ।

विगतमा राजतन्त्र र पुरानो व्यवास्था ढाल्नलाई राजनीतिक दलहरुले युनियन प्रयोग गरेको दृष्टान्त दिदै मुख्यमन्त्री गुरुङले कर्मचारीतन्त्र स्थायी संरचनामा चल्न नसक्दा नै सरकारको काम प्रभावकारी हुन नसकेको जिकिर गरे ।

सरकार बदलिने वित्तिकै ट्रेड युनियनको पावर बदलिन्छ, युनियन बदलिने वित्तिकै त्यही युनियनको प्रभावमा कर्मचारीतन्त्र चलेको हुन्छ, मुख्यमन्त्री गुरुङले भने –कर्मचारीले आजको दिनमा पनि नतिजा भन्दा प्रक्रियामा ध्यान दिइरहेको बताउदै उनले अब झन्झटिला व्यवास्थाहरु परिवर्तन गर्नु आवश्यक रहेको बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width