भक्तपुर, १४ साउन । भक्तपुरका विभिन्न शक्तिपीठमा आज बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ ।
साउन शुक्ल चतुर्दशी दिन मनाइने घण्टाकर्ण अर्थात् गठेमङ्गल पर्वका अवसरमा मंगलवार बिहानैदेखि विभिन्न शक्तिपीठमा दर्शनार्थीको घुइँचो लागेको हो । नेवार समुदायले मंगलवार बिहानै घरघरमा लिपपोत गरी शुद्ध भएर विभिन्न शक्तिपीठको दर्शन गरी त्यहाँबाट ल्याएको जल घरघरमा छर्कने प्रचलन रहँदै आएकाले मन्दिरमा भीड लागेको हो ।
नेवार समुदायमा रोपाइँ सकिएको पर्वका रुपमा पनि गठेमङ्गललाई ‘सिनाज्या ब्यङ्केगु’ अर्थात् रोपाइँ सकिएको पर्वका रूपमा मनाउने प्रचलन छ । आजकै दिनदेखि नेवारी समुदायमा परम्परागत नाच तथा बाजागाजा सिकाउन शुरु गर्ने गरिन्छ । त्यसका साथै गाइजात्रामा प्रदर्शन गरिने भैरवलगायतका विभिन्न नाच तथा व्यङ्ग्यात्मक नाटकको प्रशिक्षणसमेत आजदेखि शुरु गरिन्छ ।
Related News
सम्बन्धित समाचार
बाढीले प्रदेशमा ३ अर्बको क्षति
पाेखराका हार्डवयर व्यवसायीद्वारा मुसहरवस्तीमा न्यानो कपडा वितरण
तनहुँमा पत्रकार महासंघका ६ पूर्वाध्यक्ष पुरस्कृत
बिट बनाएर प्रहरीलाई हस्तान्तरण
सिटिजन जुरी थप ७ जिल्लामा विस्तार हुने
hero news full width
मुख्य समाचार
गण्डकीमा १४ खोप केन्द्र, आजबाट सबै जिल्लामा लगाइने
कास्कीमा सुरू भयाे चुनावकाे तयारी
माघ १४, २०७७संसद विघटनविरुद्ध कांग्रेस झनै सशक्त
माघ १३, २०७७नेकपाका अध्यक्षद्वयलाई निर्वाचन आयोगले भन्याे : एकता महाधिवेशनअघि कसैले कसैलाई हटाउन सक्दैन
माघ १३, २०७७काेराेनाविरुद्धकाे खाेपका लागि देशभर ६२ अस्पतालमा १ सय २० खोप केन्द्र
माघ १३, २०७७सिनेमा संवाद @ घान्द्रुक
माघ १३, २०७७