मुद्दा मिलाइदिन्छु भन्दै ८ लाख ठगी गर्ने पक्राउ

आदर्श समाज सम्वाददाता
श्रावण १४, २०७६
maxresdefault

चितवन, १४ साउन । मुद्दा मिलाइदिन्छु भन्दै ठगी गर्ने दुई व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१० निवासी २३ वर्षीय सागर क्षेत्री र ३४वर्षीय दीपेन्द्र पण्डित छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाका अनुसार प्रशरीको विशेष टोलीले उनीहरुलाई आइतबार भरतपुर महानगरपालिका–३ लायन्सचोकबाट पक्राउ गरेको हो ।

लागुऔषध खैरो हेरोइनसहित दुई साताअगाडि पक्राउ परेका भरतपुर महानगरपालिका–४ बस्ने सन्तोष सिकारीको मुद्दा मिलाई छुटाइदिन्छु भनी उनकी श्रीमतीसँग आठ लाख लिएका थिए । पक्राउ परेका दुवैलाई सोमबार ठगी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width