हिरोज तेक्वान्दोमा नेपाललाई ४ स्वर्ण

आदर्श समाज सम्वाददाता
श्रावण १४, २०७६
Heroes Taequando, Nepal Gold Medal_Fotor

नेपाली खेलाडीले थाइल्याण्डको बैंककमा भएको पाँचौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसीपमा ४ स्वर्ण जितेका छन्। प्रतियोगितामा विमला लामा, सुशान पाण्डे, सुजन श्रेष्ठ र अमर भुजेलले स्वर्ण जितेको टोली नेता बब्लु सिवाकोटीले जनाएका छन्।

सुप्रिया बजगाईं र पूजा कुँवरले फाइनलमा प्रवेश गर्दै कम्तीमा रजत पदक पक्का गरेका छन्। अरुण टमाटाले कास्यमा चित्त बुझाए। मलेसियामा जुलाई २१ तारिखमा भएको सरावक चिफ मिनिस्टर तेक्वान्दोमा सहभागी खेलाडीहरुले हिरोज च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेको प्रशिक्षक विकेश विडारीले जनाएका छन्। च्याम्पियनसीपमा नेपालबाट १० खेलाडीको सहभागिता छ।

Related News

सम्बन्धित समाचार

hero news full width