मादलु कहाँ बज्यो?
साइँला,
पोखरा पृथ्वीचोकैमा …
तीज लक्षित गरेर तीजका सांगीतिक कोसेलीहरू सार्वजनिक हुनेक्रम बढ्दो छ। यसै मेसोमा गायक मेक्सम खाती र गायिका शान्तिश्री परियारको तीजको सांगीतिक कोसेली ‘मादलु’ को म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक भएको छ।
पछिल्लो समय ‘बोल माया’ र ‘गलबन्दी’बाट चर्चा कमाएकी शानिश्री र प्रतिभाशाली गायक एवं मोडल मेक्सम खातीले उक्त गीतमा कर्णप्रिय स्वर दिएका छन्। नरेश खातीले गीत शब्द र लय मिलाएका छन्। मेक्सम खाती र जुना सुन्दासको म्युजिक भिडियोमा उत्कृष्ट फिचर्ड देख्न सकिन्छ।
मौसम हिमालीले गीतको म्युजिक भिडियोको निर्देशन गरेका हुन्। म्यूजिक भिडियोको सम्पादन गरेका छन्। म्यूजिक भिडियोको करन चैसिरले छायांकन र मनोज कार्कीले सम्पादन गरेका हुन्। हिमसम्झौता डिजिटल प्रालिले म्यूजिक भिडियोलाई प्रस्तुत गरेको हो।