चलचित्र ‘जाइरा’ को आइटम गीत सार्वजनिक गरिएको छ। सार्वजनिक ‘यो मात चढेको साँझ’ बोलको गीत गायिका मीना निरौलाले गाएकी हुन्। गीतमा तनुजा गुरुङको नृत्य र गोविन्द राईको कोरियोग्राफी रहेको छ।
‘यो मात चढेको साँझ’, सन् १९७४ मा निर्माण गरिएको चलचित्र ‘मनको बाँध’को गीतलाई रिमेक गरिएको हो। ‘मनको बाँध’ को उक्त गीतमा मिरा राणाको स्वर, किरण खरेलको शब्द र शिव शंकरले संगीत भरेका थिए। ‘जाइरा’मा समावेश रिमेक भर्सनमा फिरोज बज्राचार्य र डिजे राजुले रि–एरेञ्ज गरेका हुन्।
आशुतोषराज श्रेष्ठले चलचित्रको निर्देशन गरेका हुन्। चलचित्रमा नम्रता श्रेष्ठ, अनुपविक्रम शाही, प्रमोद अग्रहरि, रेमनदास श्रेष्ठ, सृजना रेग्मी, सुजाता श्रेष्ठ, सम्राट मगर लगायतका कलाकारको अभिनय रहेको छ। चलचित्रमा नम्रता मिक्स मार्शल आर्ट खेलाडीको भूमिकामा छिन्।
चलचित्रमा निर्देशक श्रेष्ठ र निरोज महर्जनको पटकथा, बाबु श्रेष्ठको छायांकन र लोकेश बज्राचार्यको सम्पादन रहेको छ। कटामरी फिल्मस्को ब्यानरमा निर्माण गरिएको चलचित्रलाई नम्रता श्रेष्ठ प्रोडक्शन र ट्रेन्डसेटर्स प्रालिको ब्यानरमा प्रस्तुत गरिएको हो। चलचित्रका कार्यकारी निर्माता प्रशन्न गोपाली हुन्।
Related News
सम्बन्धित समाचार
सामुदायिक प्रहरी जिल्ला समन्वय कास्कीमा बाेधराज कार्की
इजलास छैन श्रीमानलाई
जिल्ला समन्वय समिति : संविधानले चिन्यो, व्यवहारले चिनेन
जग्गाको मालिक बन्दै भूमिहीन
एक्यापको म्याद सकियो, प्रदेश मातहत ल्याउने प्रयास
hero news full width
मुख्य समाचार
सामुदायिक प्रहरी जिल्ला समन्वय कास्कीमा बाेधराज कार्की
पाेखराका हाेटेलमा जाेखिमपूर्ण काम गर्ने ६ बालबालिकाको उद्धार
माघ १०, २०७७प्रतिनिधिसभा विघटन संविधानसम्मत कि गैरसंवैधानिक ?
माघ १०, २०७७स्वास्थ्य शिक्षाको शुल्क घटाउन निर्देशन
माघ १०, २०७७मलेशियाबाट १८ नेपालीको शव ल्याइयो
माघ १०, २०७७“हराउँदै गएका गीत नृत्यसँगै कला संस्कृति युवा पिँढीलाई हेर्न र सिक्ने अवसर”
माघ १०, २०७७