पोखरा महानगरपालिका ३३ तिक्लाङका ६६ वर्षीय मेघनाथ ढकाल विहानको खानापछि दिनभरी पुस्तकालयमा पुगेर किताव पढ्छन्। भण्डारढिकमा रहेको पुस्तकालयमा उनी जस्तै पोखरा ३० का पूर्ण प्रसाद ढुंगाना पनि नियमित पाठक हुन्। आफुलाई मन पर्ने समाचार मुलक पत्र पत्रिका, साहित्यिक कृति तथा अन्य धार्मीक पुस्तक नपढेसम्म उनीहरुलाई चित्तै बुझ्दैन। पुस्तकालयमा बृद्धबृद्धासँगै यूवा पुस्ता र स्कूले विद्यार्थी पनि नियमित पुग्छन् र किताव पढ्छन्। पाठ्यक्रमलाई सहयोग पुग्ने कितावहरु पनि पुस्तकालयमा छन्। जसका कारण विद्यार्थीले घरमै लगेर पनि किताव पढ्छन् र सकेपछि फर्काउँछन्।
पुस्तकालयमा पुगेर दिन काट्न पनि सजिलो हुने र केही नयाँ कुरा सिकेर ज्ञान समेत लिन पाईने भएपछि साविक लेखनाथ नगर क्षेत्रका बृद्धबृद्धालाई दिन काट्ने र सिक्ने थलो बनेको छ, दीपशिखा सामुदायिक पुस्तकालय। अचेल धेरैतिरका पुस्तकालय खासै प्रभावकारी छैनन्। एकातिर खोजेका पुस्तक पाउन गाह्रो छ भने अर्कोतिर यसको ब्यवस्थापन गर्नै कठिन छ। तर दीपशिखा पुस्तकालयलाई कुनैपनि समस्या छैन। समयानुकुल पुस्तकहरु मज्जाले पढ्न पाईन्छ।
कुरा हो, २०३५ सालतिरको। गाँउघरमा अहिलेजस्तो समाचार र सूचनाका माध्यम थिएनन्। त्यसो त पढ्ने स्कूलहरु पनि कति थिए र? सूचना पाउने एउटै माध्यम थियो, पत्रपत्रिका। केही जान्ने र सिक्नेहरु पत्रिका देख्ने वित्तिकै हुवहु पढ्थे। त्यही चाहनालाई पूरा गर्न स्थानीय ईश्वरबहादुर हमालले पोखराबाट पत्रिका ल्याएर सबैलाई पढ्न दिन्थे। त्यसैलाई उनले वाचनालयको रुपमा विकास गर्न थाले। त्यही ठाउँ अहिले विस्तार हुँदै पुस्तकालय बन्यो।
‘लेखनाथको भण्डारढिक चौरको कुनामा सानो झुपडी थियो। त्यहि झुपडीमा केही ब्यक्तिहरुको सहयोगमा स्थानीय र राष्ट्रिय स्तरका पत्रिका ल्याएर पढ्ने चाँजोपाँजो मिलायौं,’ उनले भने, ‘सुरुमा २२ वटा पत्रिका मात्रै थिए। विस्तारै किताव पनि राख्यौं। अहिले त्यही वाचनालय पुस्तकालयमा परिणत भयो। ’
सहयोगबाटै सानो झुपडी फालेर भब्य महल ठडियो। ‘पहिले खासै पढ्ने मान्छे धेरै थिएनन्। तर पढ्नेहरु नियमित आउँथे। विस्तारै चासो पर्दै गयो,’ उनी भन्छन्, ‘५८ सालतिर पुस्तकालय विधिवत् रुपमै दर्ता गरियो। त्यही ठाउँ पछि सूचना केन्द्रको रुपमा विकास भयो। यो अवस्था देख्दा निकै खुशी लाग्छ। ’
पुस्तकालयको स्तरोन्नीतका लागि १० बर्ष पहिले नगर विकास कोष र रिड नेपालले आर्थिक सहयोग गरेको थियो। दुवै संस्थाको करिब १ करोड सहयोगमा भवन निर्माण गरेर बाल कक्ष, महिला कक्ष, श्रब्य दृष्य कक्ष, सभाहल, खेलकुद तथा म्युजिक, कम्प्युटर कक्ष र पुस्तकालय कक्ष छुट्टाछुट्टै बनाईएको छ। त्यसैबेला बनाईएका सटरहरुबाट नियमित आम्दानी हुन्छ र आवश्यक खर्च ब्यवस्थापन हुन्छ।
सुचना र शिक्षा क्षेत्रको बिकासका लागि नयाँ फड्को मार्नका लागि अव पुस्तकालयबाट प्रदान गरिने सेवाहरुलाई समय सुहाउदो तरिकाले थप गर्ने र पाठकको सुविधाका लागि पुस्तकालयका किताव घरमा लगेर पढ्न मिल्ने बनाउन लागिएको अध्यक्ष कृष्णहरी भण्डारीले बताए। लेखनाथ क्षेत्रभित्र एक घर एक सदस्य हुने गरी यसको विस्तार गर्न लागिएको उनी सुनाउँछन्। पोखरा महानगरपालिकाले पनि पुस्तकालयको स्तरबृद्धी गर्न र पुस्तकर संरक्षण गर्न सेन्सर प्रणालीको ढोका जडान गरिदिएको छ।
पुस्तकालयको विकासका सवालमा लेखनाथको केन्द्र विन्दुमा रहेको पुस्तकालयलाई महानगरपालिकाले सिटी लाईबेरीका रुपमा विकास गराउने र विकट क्षेत्रका ग्रामिण भेगमा सेटलाईट प्रणालीबाट सेवा विस्ता गर्नुपर्ने जानेबुझेकाहरुको सुझाव छ। पुस्तक पढ्ने वानीको विकास गर्न धेरै संघ संस्थाहरुले विभिन्न कार्यक्रम पनि गरिरहेका छन्। यस्तै, पुस्तकालयको महत्व बुझाउनकै लागि प्रत्येक बर्ष पुस्तकालय दिवस समेत मनाईन्छ।
Related News
सम्बन्धित समाचार
छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित
सबीको अपरिभाषित आभा लोकार्पित
छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित
सिर्जनशीलमा दार्शनिक ज्ञानको प्रबोधीकरण
सबीको अपरिभाषित आभा लोकार्पित
hero news full width
मुख्य समाचार
स्वदेश फर्किए कतारी अमिर
कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
वैशाख ११, २०८१लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई
वैशाख ११, २०८१