मुनामदन नाटक प्रदर्शन

Avatar आदर्श समाज सम्वाददाता
श्रावण १३, २०७६

पोखरा, १३ साउन । खण्डकाब्य मुनामदन कृतिमा आधारित नाटक ‘मुनामदन’ को मंचन पोखरामा जारी रहेको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेखेका कृति मुनामदनमाथि बिराटनगरका कलाकारहरुले नाटक निर्माण गरेका हुन् ।

विराट आदर्श साहित्यिक मञ्च, विराटनगरको आयोजनामा यसको मञ्चन भइरहेको छ । । सबिन कट्टेलले निर्देशन गरेको नाटकको मुख्य कलाकारमा लकेश दंगाल (मदन), सरु कटवाल (मुना), मिलन चाम्लिङ (भोटे) लगायतका छन् ।

पोखरामा मञ्चन हुनु अगाडि मुनामदनलाई विराटनगरमा दुई पटक तथा काठमाण्डौको शिल्पी थिएटरमा मञ्चन गरिसकिएको थियो । साउन १० देखि शुरु भएको नाटक साउन १८ गतेसम्म पोखरा थिएटरमा जारी रहनेछ । १ घण्टा १५ मिनेट अवधि रहेको यस नाटक हरेक दिन साँझ ५ बजे मञ्चन भइरहको छ भने शनिबार भने दिउँसो १ बजे अतिरिक्त शो राखिएको छ ।

विद्याथी टिकेट रु १००, सामान्य टिकेट रु ३०० र विशेष टिकेटको मूल्य रु ५०० कायम गरिएको छ । विशेषगरी यसलाई विद्यार्थीले रुचीका साथ हेरिहेका छन् नै नाटक हेर्न बिदेशी पर्यटक पनि आइरहेका छन् ।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

नेपाल–अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सव

कुमारी र रामको सालैजो सार्वजनिक

लेखक–समीक्षक समन्वय आवश्यक

प्रमुख समाचार

फुटवलमा नेपाललाई स्वर्ण

थप प्रमुख समाचार

फुटवलमा नेपालकाे अग्रता

कुटपीटको विरोधमा पत्रकारको धर्ना

नवलपुरका विद्यार्थीलाई १२ करोडको खाजा