दोर्दी घटनामा राज्यको सहयोग आवश्यक

आदर्श समाज सम्वाददाता
श्रावण १२, २०७६
67474880_478000579429288_8236180572737634304_n

पोखरा, १२ साउन । लमजुङ्गको दोर्दी गाउँपालिकाको लिबट्री हाईड्रोमा बाढीका कारण भएको क्षतिको बारेमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का संसदीय दलका प्रमुख सचेतक देब गुरुङ्गले स्थलगत अध्ययन गरेका छन् ।

घटनास्थल र बिरामीहरुको अबस्था बुझेपछि नेता गुरुङ्गले या एउटा अकल्पनीय तथा प्राकृतिक बिपत्ति भएको प्रतिक्रिया दिएका छन् ।यो घटनामा जनधनको क्षति प्रति राज्य गभ्भीर हुन पर्ने र यसका लागि आफुले आवाज उठाउने उनले बताए ।

११ जनाको मृत्यु भएको र अझै केही हराईरहेका छन भने हाईड्रोमा करौडौको क्षति भएको छ । घटनाको एकिन क्षति संकलनको कार्य भइरहेको र क्षतिपुर्तिको लागि यथाशिघ्र पहल गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

लमजुङ्गबाट प्रतिनिधि सभामा र्निबाचिन नेता गुरुङ्गले दोर्दी घटनाले अन्य र्निमाणाधीन हाईड्रो तथा आयोजनाहरुमा पनि सचेतना र कामदार सुरक्षाको बिषयलाई पनि उजागर गरेको बताए । घटनास्थलको अबलोकन पछि उनले जिल्ला अस्पतालमा रहेका बिरामीहरुलाई पनि भेटेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width