लायन्स क्लबद्वारा वृक्षरोपण

आदर्श समाज सम्वाददाता
श्रावण ११, २०७६
tree photo

लायन्स क्लब अफ पोखरा गण्डकी स्टेटले पोखरा– १९ लामाचौर स्थित गौतम भातृ समाज केन्द्रीय कार्यालय परिसरमा शनिबार वृक्षरोपण गरेको छ ।

गौतम भातृ समाजको सहकार्यमा बेलपत्र, रुदाक्ष, स्वामी, कपुर, कल्की, धुपी, आँप, पैयूँ, तेजपत्ता, कुरिलो, कपुर गरी विभिन्न जातका १ सय विरुवा रोपेको हो । प्रमुख अतिथि गण्डकी प्रदेशका सांसद ओमकला गौतमले विरुवा रोपेर उद्घाटन गरेका थिइन् । सो अवसरमा गौतमले क्लबले मानवीय, सामाजिक एवं पर्यावरणीय कार्य गरेकोे प्रशंसा गर्र्दै हार्दिक आभार व्यक्त गरिन्।

कार्यक्रममा रिजन चियरपर्सन लायन विष्णु बराल, जोन चियरपर्सन लायन खेम क्षेत्री, चार्टर प्रिसिडेन्ट लायन अमृत बराल , वडा सदस्य तारा परियार, गौतम भातृ समाजका पूर्व अध्यक्ष खिमलाल गौतम लगायतले शुभकामना मन्तव्य राखेका थिए।

लायन्स क्लब अफ पोखरा गण्डकी स्टेटका अध्यक्ष लायन शिव गौतमको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको स्वागत मन्तव्य प्रथम उपाध्यक्ष लायन नेत्र सुवेदी र सञ्चालन सचिव लायन जसबहादुर गुरुङले गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • जिल्ला अध्यक्षमा हारेका अधिकारी मुख्य न्यायाधिवक्ता

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । मन्त्रिपरिषद्को बैठकले गण्डकीको मुख्य न्यायाधिवक्तामा लमजुङका कृष्ण अधिकारीलाई नियुक्त गरेको छ । एमाले लमजुङ अध्यक्षमा पराजित अधिकारीलाई मुख्यमन्त्रीको सिफारिसमा…
  • ३२ युनिट रगत संकलन

    आदर्श समाज सम्वाददाता चैत्र २०, २०८०
    पोखरा । लायन्स क्लब अफ पोखरा अर्पण, आदर्श र महिमा बचत तथा ऋण सहकारी सस्था लिमिटेडको संयुक्त आयोजनामा मंगलबार लामाचौरचोकमा…
  • लायन्स पोखरा फर्निसिङको अध्यक्षमा गोविन्द शर्मा

    आदर्श समाज सम्वाददाता चैत्र १८, २०८०
    पोखरा । लायन्स क्लब अफ पोखरा फर्निसिङको अध्यक्षमा गोविन्द शर्मा निर्वाचित भएका छन् । क्लबको दोस्रो अधिवेशनबाट वर्ष २०२४/२५ का…
  • लायन्स आदर्श चौतारीमा सूर्य पोख्रेल

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०८०
    पोखरा । लायन्स क्लब अफ पोखरा आदर्श चौतारीको वर्ष २०२४÷२५ का लागि अध्यक्षमा सूर्य पोख्रेल चयन भएका छन् । शनिबार…
  • लायन्स अन्नपूर्णमा गणेश छवि

    आदर्श समाज सम्वाददाता चैत्र १२, २०८०
    पोखरा । लायन्स क्लब अफ पोखरा अन्नपूर्णमा वर्ष २०२४/२५ का लागि गणेशलाल श्रेष्ठ ‘छवि’ सर्वसम्मत अध्यक्ष चुनिएका छन् । प्रथम…

hero news full width