सवारीसाधनको ठक्करबाट मृत्यु

रासस
श्रावण ९, २०७६
maxresdefault (1) – Copy

दमौली, ९ साउन । पहिचान नखुलेको सवारीसाधनको ठक्करबाट बिहीवार बिहान तनहुँमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बगुवा बस्ने ७९ वर्षीय खड्कबहादुर दर्लामी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

सवारीसाधनको ठक्करबाट घाइते भएका दर्लामीको अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बिहान ५ बजे डुम्रेदेखि आँबुखैरेनीतर्फ जाँदै गरेको सवारीसाधनले पैदलयात्री दर्लामीलाई ठक्कर दिएको थियो । ठक्कर दिने सवारीसाधनको खोजी भइरहेको छ ।

Related News

सम्बन्धित समाचार

  • भ्रमणको बस दुर्घटना

    आदर्श समाज सम्वाददाता कार्तिक २३, २०८१
    पोखरा । दाङबाट पोखरा भ्रमणमा आएको बस दुर्घटना हुँदा २ जना घाइते भएका छन् । बिहीबार दिउँसो करिब साढे १२…
  • बस दुर्घटनामा ४ जनाको मृत्यु

    रासस असाेज ३०, २०८१
    डडेल्धुरा । डडेल्धुरामा रात्रिबस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छभने १२ जना घाइते भएका छन् । महेन्द्रनगरबाट बैतडीको पुर्चौंडी…
  • माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

    रासस असाेज २८, २०८१
    दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा आज बिहान माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको मृत्यु भएको छ । गोरखा…
  • जिप दुर्घटनामा ७ जना घाइते

    आदर्श समाज सम्वाददाता असाेज १८, २०८१
    पोखरा, १८ असोज । स्याङ्जाको सिरुबारीबाट पोखरा आउँदै गरेको जिप दुर्घटना हुँदा ७ जना यात्रु घाइते भएका छन् । शुक्रबार…
  • २०९ को मृत्यु, २९ अझै बेपत्ता

    आदर्श समाज सम्वाददाता असाेज १४, २०८१
    पोखरा । मुलुकभर ३ दिनयता परेको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या २ सय ९…

hero news full width